Breaking News
काभ्रेको बनेपा-३ स्थित बासुकी स्थानमा निर्मित शिव मूर्तिको प्राण प्रतिष्ठा गरिएको छ ।    ||     अमित लामाको चुनावी एजेन्डा :पाँच वर्षमा जनहितका कानुन निर्माणदेखि युवाको मुद्दाको उठानसम्म    ||     फागुन २१ मा हुने निर्वाचनका लागि काभ्रे क्षेत्र नं २ बाट गोकुल बास्कोटाको एकल नाम सिफारिस    ||     पत्रकार महासंघ काभ्रेपलान्चोकले आफ्नो ३३औं स्थापना दिवस मनाइयो    ||     चाइनिजहरुले निर्माण गरेको हिमालयन रिम फिल्म काठमाडौं विश्वविद्यालयमा प्रदर्शनी    ||     अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्कीलाई बनाउने सहमति    ||     प्रेस चौतारी काभ्रेको अक्षयकोषमा एमाले केन्द्रिय सदस्य रेशम लामाले गरे रु.एक लाख एक हजार आर्थिक सहयोग    ||     स्वास्थ्य सेवामा सहुलियतका लागि पत्रकार महासंघ काभ्रे र CWC बनेपाबीच समझदारी    ||     आज खिर खाएर साउन १५ मनाइँदै    ||     नक्कली सरकारी कागजात र छाप बनाउने गिरोह धुलिखेलबाट पक्राउ    ||    

बनेपामा जनप्रतिनिधिको सक्रियता यति धेरै विकास

  ५ वर्ष अघि | २ बैशाख २०७९, शुक्रबार
न्युज काभ्रे संवाददाता

बनेपा।संघीयताको कार्यान्वयन सँगै निर्वाचित स्थानीय सरकारको सक्रियतासँगै नागरिकहरुको विकासको चाहना र बजेटको सदुपयोग बढेको छ । बनेपा नगरपालिकाले निर्वाचन भएको पाँच वर्षमा नगर५३ किलोमिटर सडक कालोपत्रे गरेको छ । 

पाँच वर्ष गरेका कामहरुको अनुमगन, मुल्यांकन र समिक्षा गर्ने उदेश्यले नगरपालिकाले विभिन्न समितिहरु १४ वटै वडामा खटाएको थियो । चालु योजना तथा जनप्रतिनिधि निर्वाचित भए पछि शुरु भएका योजनाहरुको अनुगमन तथा निरिक्षण गरिएको नगरप्रमुख लक्ष्मी नरसिं बादेले बताउनु भयो । संघ, प्रदेश, नगर र वडाबाट छनौट भएका योजनाहरुको गुणस्तर र निर्माणाधीन अवस्थामा रहेका योजनाहरुको अनुगमन गरिएको नगर प्रमुख बादेले बताउनु भयो । विकास निर्माणका लागी नगरवासी तथा उपभोक्ताहरुको प्रत्यक्ष सहभागीता रहनु पर्ने र योजना निर्माणमा तल माथि भएमा खबरदारी गर्न नगर प्रमुख बादेले बताउनु भयो । नगरपालिकाले नगरबासीहरुको स्वास्थ्यमा ख्याल गरी बनेपा नगरपालिका डा नम्बर ४ मा १५ शैयाको अस्पताल निर्माण शुरु गरेको उहाँले बताउनु भयो । आँखाको मोतियाविन्दु भएका विरामीहरुको रेयुकाई आँखा अस्पतालमा निःशुल्क शल्यक्रिया गरिदै आएको, र १८ वर्ष मुनिका बालबालिका हरुको अपाङ्ग बाल अस्पतालमा निशुल्क शल्यक्रिया गरिदै आएको, सामुदायिक विद्यालयका कक्षा ७ भन्दा माथिका छात्राहरुलाई निःशुल्क स्यानेटरी प्याड वितरण गरिएको, गुणस्तरीय शिक्षाका लागी नगरले समय समयमा शिक्षकहरुका लागि तालिम प्रदान गरिएको र पर्यटन लगायत स्मार्ट सिटी निर्माण शुरु गरी पुराना धारा, पोखरी, कुवा, मठ मन्दिरहरुलाई सम्पदा अनुसार निर्माण अन्तिम चरणमा पुगेको नगर प्रमुख बादेले वताउनु भयो । निर्वाचित भएको ५ वर्षमा नगरमा सडक ढलान ३४ कि.मी,  नयाँ ट्रयाक ११६ कि.मि, ग्राभेल ४६ कि.मि, पक्की नाली १ सय १४ कि.मि.,ढल निर्माण ३३ कि.मि, ग्याविन तथा मेशिनरी वाल निर्माण ४५ कि.मि, ढुङ्गा तथा इटा छाप्ने कार्य १९ कि.मि., विद्यालय मर्मत सम्भार २५ वटा, पाटी, ट्रष्ट तथा किरियापुत्री भवन निर्माण २५ वटा, सामुदायिक भवन निर्माण ५३ वटा, मठमन्दिर, पोखरी निर्माण र संरक्षण ८२ वटा, खेलमैदान निर्माण १२ स्थानमा सिचाई योजना २२ वटा 

एकीकृत खानेपानीले छुने बाहेक बाँकी वडामा २ हजार ८ सय घरधुरीमा १ घर १ धारा खानेपानी, सामुदायीक विद्यालयका भवन, १४ वटै वडामा स्वास्थ्य चौकी भवन, वडा कार्यालयका भवनहरु, मठ, मन्दिर लगायतका निर्माण कार्य सम्पन्न भएको नगरपालिका उप प्रमुख तथा योजना अनुगमन प्रमुख रेखा सापकोटा दाहालले वताउनु भयो । 

कृषि तर्फ कृषकहरुलाई तालिम, विउ वितरण, टनेल, कृषि औजार, माटो परिक्षण, पशुपन्छी तर्फ उन्नत बोयर जातका बोका वितरण, विभिन्न रोगहरुको खोप, गोठ सुधार लगायतका कामहरु गरिएको दाहालले बताउनु भयो । नगरमा विभिन्न सिपमूलक तालिम प्रदान गरी आयस्तर उकास्नका लागि कौसी खेती तालिम, ड्राईभिङ्ग, सिलाई बुनाई लगायत धेरै तालिमहरु प्रदान गरिएको दाहालले बताउनु भयो ।

  • न्युज काभ्रे संवाददाता

थप