जलवायु परिवर्तनन विश्वव्यापी रुपमा रहेको छ । नेपाल जस्ता कम विकशित देशहरुको लागि जलवायु परिवर्तन सामाजिक एबं वातावरणीय रुपमा बढी देखीएको छ । जलवायु परिवर्तको असरहरु देशभर अनुभब गरिएको छ । स्थानीय समुदायले वर्षामा प्रकृतिक रुपमा बढि भएको र हिउँदमा वर्षा कम भएको जानकारी दिएका छन् ।
यसैगरी हिउँ पर्ने र नपर्ने ठाउँमा ,हावाहुरी परिवर्तन , वनस्पति तथा जीवजन्तुहरुमा थुप्रै असर पारेको छ । वर्षा गर्मीको समयमा झन् गर्मी हुने र जाडोको याममा कम जाडो हुने जलवावायु परिवर्तनको कारणले घटबड भएको अनुभव पाएका छौ । जाडो अवधि घट्ने,गर्मी अवधि बड्ने,सख्खा हावाहुरी महशुस गरिहको अवस्था छ । पानीका स्रोतहरु सुकिसकेको र बाढि पहिरो भु क्षयको मात्रा बढिरहेको छ । बनमा रुख विरुवाको नाश गर्दै गहिरहको हुदा पानीका मुहानहरु पनी विस्तारै विस्तारै कम भइसकेका छन् । त्यास्तै गरी बन फडानीका कारण जङगली जनावर हरुको पनि लोप हुदै गएको छ ।
यी सम्पुर्ण असरहरुले कृषि बाली तथा पशु उत्पादनमा नकरात्मक असर परको छ ।कृषि बालीमा मात्र नभइ मानब,पशुपन्छी,जङगली जनावर, जैविकविविधता, उर्जा स्वास्थ्य, खानेपानी,पुर्वाधार जस्ता प्रत्येक क्षेत्रमा ठुलो असर पारको छ । जलवायु परिवर्तको कारण मानिसहरुले जीविकोपार्जन गर्ने सम्म कठिन हुन पुगेको छ । यस समस्या सँग जध्न घरपरिवारहरु कोही शहरतिर बसाँई सरेका छन् भने कोहिले रोजगारीका लगि वैदेशिक रोजगारीमा पठाइएको पाइन्छ ।
परिभाष
साधारणतया मौसम र जलवायु एकै किसिमको मानिन्छ तर यसमा भिन्नता रहेको पाइन्छ ।मौसम भनेको कुनै स्थानको वायुमन्डलको छोटो समयलाइ बुझिन्छ । जलवायु भनेको मौसमको लामो समयलाइ बुझिन्छ । जलवायु वर्षामा आएको हेरफेरलाइ बुझिन्छ ,यो वैज्ञानिक पक्ष पनि हो ।मौसम परिवर्तन भइरहन्छ तर जलवायु लामो समयसम्म स्थिर रहन्छ
जलवायु परिवर्तनका मुख्य कारणहरु
जलवायु परिवर्तनका मुख्य कारण वातावरणमा रहेको –कार्बन डाईअक्साईड,मिथेन आदिको मात्रा वृद्धि भएको मानिन्छ ।जलवायु परिवर्तन सुर्यको प्रकाश,भु ंप्लेट, ज्वालमुखी विस्फोटन तथा हरितगृह ग्यासको मात्रा वृद्धिले गर्दा हन्छ । जलवायु परिवर्तनका अर्का मुख्य कारण खनिज तेलको प्रयोग र रुख काट्नुले हरितगृह ग्यासको मात्रा बढेको पाईन्छ । यसै समयमा वायुमन्डलमा कार्बन डाईअक्साइडको मात्रा बढेको पनि कुनै आश्चर्यजनक भएन ।
- मणीराम दाहाल