काभ्रे । बनेपा सोसियल युथ काउन्सिलले बृहत् वृक्षारोपण कार्यक्रम गरेको छ।
बनेपा नगरपालिका वडा नं ५ र ९ को सिमाना रहेको देउराली डाँडामा(मगर गाउँ माथि) आज वृक्षारोपण कार्यक्रम गरेको सोसियल युथ काउन्सिल का अध्यक्ष प्रगेश श्रेष्ठले बताउनुभयो ।
वृक्षारोपण कार्यक्रममा प्रमुख अतिथि उद्योग बाणिज्य संघ काभ्रेका महासचिव युवा व्यवसायी रविन्द्र वैदारको उपस्थिति थियोे ।
सोसियल युथ काउन्सिलले समाजमा युवाहरूलाई उत्प्रेरित गर्ने कामहरु गर्दै आएको छ।
आज सुन्तला ,कपुर, धुपि,आँप ,रिठ्ठा ,काइयो प्रजातिका विरुवाहरु वृक्षारोपण गरिएको युथ काउन्सिलका सल्लाहकार साजन मुस्याजुले बताउनुभयो ।
बनेपाको सुन्दरता बढाउन र पर्यटन व्यवसाय लाई फस्टाउन को लागि युवाहरूले वृक्षारोपण गरेका हुन।
बनेपा बाट नजिकै पिकनिक्क जान , मर्निङ वाक जान , बनेपाको सुन्दरता हेर्ने को लागि देउराली डाडाँ मनोमहक छ।
- न्युज काभ्रे संवाददाता