Breaking News
काभ्रेको बनेपा-३ स्थित बासुकी स्थानमा निर्मित शिव मूर्तिको प्राण प्रतिष्ठा गरिएको छ ।    ||     अमित लामाको चुनावी एजेन्डा :पाँच वर्षमा जनहितका कानुन निर्माणदेखि युवाको मुद्दाको उठानसम्म    ||     फागुन २१ मा हुने निर्वाचनका लागि काभ्रे क्षेत्र नं २ बाट गोकुल बास्कोटाको एकल नाम सिफारिस    ||     पत्रकार महासंघ काभ्रेपलान्चोकले आफ्नो ३३औं स्थापना दिवस मनाइयो    ||     चाइनिजहरुले निर्माण गरेको हिमालयन रिम फिल्म काठमाडौं विश्वविद्यालयमा प्रदर्शनी    ||     अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्कीलाई बनाउने सहमति    ||     प्रेस चौतारी काभ्रेको अक्षयकोषमा एमाले केन्द्रिय सदस्य रेशम लामाले गरे रु.एक लाख एक हजार आर्थिक सहयोग    ||     स्वास्थ्य सेवामा सहुलियतका लागि पत्रकार महासंघ काभ्रे र CWC बनेपाबीच समझदारी    ||     आज खिर खाएर साउन १५ मनाइँदै    ||     नक्कली सरकारी कागजात र छाप बनाउने गिरोह धुलिखेलबाट पक्राउ    ||    

सेतिदेवी माध्यमिक विद्यालयको सुविधा सम्पन्न नयाँ भवन

  ४ वर्ष अघि | २७ भदौ २०७९, सोमवार
न्युज काभ्रे संवाददाता

काभ्रे (धुलिखेल)-धुलिखेल नगरपालिका वडा नम्वर २ रविगाउँ स्थित श्री सेतीदेवी माध्यामिक विद्यालयको नवनिर्मित नयाँ भवन उद्घाटन गरिएको छ । 

२०७२ साल बैशाख १२ गतेको विनाशकारी भुकम्पबाट क्षतिग्रस्त विद्यालयको नवनिर्मित भवन  धुलिखेल नगरपालिकाका नगर प्रमुख अशोक ब्याञ्जुले उद्घाटन  गरेका हुन । नेपाल सरकार र एसियाली विकास बेंकको अर्थिक सहयोगमा ६ करोड ६ लाख १९ हजार ३ सय २२ रुपैयाँ लागतमा २२ कोठा सहित तीन तल्ले विद्यालय भवन निर्माण भएको छ । विद्यालयमा पुस्तकालय, म्युजिक कक्षा, कम्प्युटर ल्याव, विज्ञान प्रयोगशाला र प्राथमिक उपचार कक्ष, बगैंजा तथा व्यवस्थित र आकर्षक कक्षाकोठा छन । यस्तै छात्र, छात्रा, अपांगता भएका व्यक्ति तथा कर्मचारीका लागि छुट्टा छुट्टै शौचालय निर्माण गरिएको छ । 

विं सं.२०१९ सालमा स्थापना भएको उक्त विद्यालयमा बाल विकासदेखी कक्षा १२ सम्म अध्यापन भइरहेको प्रधानाध्यापक धनबहादुर विष्टले जानकारी दिए । विद्यालयमा अहिले ४ सय ११ जना विद्यार्थी छन् । यसअघि विद्यालय भवन नहुँदा विद्यार्थी टहरामा बसेर पढ्न बाध्य थिए । विद्यालय भवनको शिलान्यास २०७७ मंसिर ५ गते गरिएको थियो ।

 आगामी असोजमा निर्माण गरिसक्नुपर्ने समयसिमा भएपनि एक महिना अगाडी नै भवन निर्माण सम्पन्न गरेर हस्तान्तरण गरिएको निर्माण व्यवसायी धनबहादुर तामाङले बताए । भवन उद्घाटन कार्यक्रममा धुलिखेल नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष अर्जुन न्यौपाने, ३ नम्बर वडा अध्यक्ष गणेश आचार्य, धुलिखेल नगरपालिकाका शिक्षा शाखा प्रमुख भोज कुमार ठकुरी, नेकपा एमाले नगर सचिव विष्णु धिताल काभ्रेली लगायतको उपस्थिती रहेको थियो । कार्यक्रममा बोल्दै नगर प्रमुख ब्याञ्जुले नगरपालिकाले शिक्षालाई प्राथमिकतामा राखेर काम गरिरहेको बताएका छन् । २०७२ को विनाशकारी भुकम्पका कारण क्षतिपुगेका विद्यालयको पुननिर्माण अन्तिम चरणमा पुगेको जानकारी दिँदै ब्याञ्जुले अब सामुदायिक विद्यालयको गुणस्तर वृद्धिमा जोड दिने बताए ।

 धुलिखेल नगरपालिकाले उच्च शिक्षा अन्तर्गत स्नातक तह अध्ययन गर्ने धुलिखेल नगरपालिकाका स्थायी वासिन्दालाई पुर्ण निःशुल्क र अन्य स्थानीय तह वा जिल्लाबाट धुलिखेलमा अध्ययन गर्ने विद्यार्थीका लागि क्याम्पस र नगरपालिकाको लागत साझेदारीमा ५० प्रतिशत शुल्क मिनाहाको व्यवस्था गरेको नगर प्रमुख ब्याञ्जुले बताएका छन् । यस्तै सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि गर्न बहुकक्षा बहुस्तर (एमजीएमएल) शिक्षण पद्धती सबै विद्यालयमा लागु गर्ने नगरपालिकाले नीति लिएको छ ।

  • न्युज काभ्रे संवाददाता

थप