काभ्रे । सक्षम बचत तथा ऋण सहकारी संस्था लि. को २८ औं स्थापना दिवस भव्यताका साथ सम्पन्न भएको छ।
बनेपा नगरपालिका वडा नं ७ मा प्रधान कार्यलय रहेको सक्षम बचत तथा ऋण सहकारी संस्थाको बनेपा वडा नं १४ र पनौतीमा पनि शाखा रहेको छ।
२८ बर्ष अघिदेखि सहकारी अभियान मा लागेको सक्षम बचत तथा ऋण सहकारी संस्थाले बर्षै पिछें नयाँ नया कार्यक्रम लिएर आउने गरेको छ।
यसअघि विभिन्न सामाजिक कार्य गर्दै आएको सक्षम सहकारीले यो बर्ष भने स्थापना दिवसको अवसर पारेर कैलाशभक्त प्रधानाङ्ग सहकारी पुरस्कार प्रदान गरेको छ।
नेफस्कुन पुर्व सिईओ शिवजी सापकोटा कैलाश भक्त प्राधानाङ्ग सहकारी पुरस्कार बाट सम्मानित हुनुभएको छ।
कार्यक्रममा बनेपा नगरपालिका प्रमुख शान्ति रत्न शाक्य प्रमुख अतिथिको रुपमा उपस्थित हुनुहुन्थ्यो भने विशिष्ट अतिथि को रुपमा सहकारी विद् कैलाश भक्त प्राधानाङ्ग उपस्थित हुनुहुन्थ्यो ।
कार्यक्रममा संस्थाका अध्यक्ष रमेश काजि श्रेष्ठ सभापति रहेको सक्षम बचत तथा ऋण सहकारी संस्थाको २८ औं स्थापना दिवसमा विभिन्न सहकारी संग आवद्ध व्यक्तिहरुको उपस्थिति थियो ।
सहकारी अभियानमा सक्षम बचत तथा ऋण सहकारीको आफ्नो छुट्टै अस्तित्व रहेको संस्थाका अध्यक्ष रमेशकाजि मानन्धर को भनाइ रहेको छ।
२८ औं स्थापना दिवस भव्य र सभ्य रुपमा सफल भएको संस्थाका प्रबन्धक पार्वती थापाले बताउनुभएको छ।
- न्युज काभ्रे संवाददाता