Breaking News
काभ्रेको बनेपा-३ स्थित बासुकी स्थानमा निर्मित शिव मूर्तिको प्राण प्रतिष्ठा गरिएको छ ।    ||     अमित लामाको चुनावी एजेन्डा :पाँच वर्षमा जनहितका कानुन निर्माणदेखि युवाको मुद्दाको उठानसम्म    ||     फागुन २१ मा हुने निर्वाचनका लागि काभ्रे क्षेत्र नं २ बाट गोकुल बास्कोटाको एकल नाम सिफारिस    ||     पत्रकार महासंघ काभ्रेपलान्चोकले आफ्नो ३३औं स्थापना दिवस मनाइयो    ||     चाइनिजहरुले निर्माण गरेको हिमालयन रिम फिल्म काठमाडौं विश्वविद्यालयमा प्रदर्शनी    ||     अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्कीलाई बनाउने सहमति    ||     प्रेस चौतारी काभ्रेको अक्षयकोषमा एमाले केन्द्रिय सदस्य रेशम लामाले गरे रु.एक लाख एक हजार आर्थिक सहयोग    ||     स्वास्थ्य सेवामा सहुलियतका लागि पत्रकार महासंघ काभ्रे र CWC बनेपाबीच समझदारी    ||     आज खिर खाएर साउन १५ मनाइँदै    ||     नक्कली सरकारी कागजात र छाप बनाउने गिरोह धुलिखेलबाट पक्राउ    ||    

पेट्रोलियम पदार्थको मूल्य : ५ वर्षमा कति बढ्यो ?

  ५ वर्ष अघि | ३० फाल्गुन २०७८, सोमवार
न्युज काभ्रे संवाददाता

नेपालको इतिहासमै यतिबेला पेट्रोल, डिजेल, मट्टितेल र एलपी ग्यासको मूल्य सबैभन्दा उच्च बिन्दुमा पुगेको छ । पेट्रोलियम पदार्थको मूल्य निर्धारण गर्दै आएको नेपाल आयल निगमले पेट्रोलको बिक्री मूल्य प्रतिलिटर १५० रुपैयाँ र डिजेलको बिक्री मूल्य प्रतिलिटर १३३ रुपैयाँ तोकेको छ ।वि.सं. २०७४ साल (फागुन) यताको तथ्याङ्कअनुसार हालसम्म पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढेको देखिन्छ । २०७४ साल (फागुन) मा प्रतिलिटर ९७ रुपैयाँ रहेको पेट्रोलको मूल्य अहिले १५० रुपैयाँ पुुगेको छ ।

५ वर्षभित्र पेट्रोलको मूल्य प्रतिलिटरमा ४७ रुपैयाँ बढेको हो ।खासगरी, नेपालमा खपत हुने शतप्रतिशत पेट्रोलियम पदार्थ पूर्णरूपमा अन्तरराष्ट्रिय बजारमा निर्भर छ । नेपालमा खपत हुने सम्पूर्ण पेट्रोलियम पदार्थ खाडी मुलुक हुँदै भारतबाट आयात हुन्छ । यसरी आयात हुने पेट्रोल, डिजेल र मट्टितेलको मूल्य अन्तरराष्ट्रिय बजारको मूल्य अनुसार नै निर्धारण गर्छ ।यस अवधिमा डिजेलमा प्रतिलिटर ५० र मट्टितेलको मूल्य प्रतिलिटर ५० रुपैयाँले बढेको छ ।

२०७४ साल (फागुन) मा डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर समान ८३/८३ रुपैयाँ थियो । त्यसयता २०७८ (फागुन) सम्म आइपुग्दा डिजेल र पेट्रोलको मूल्य प्रतिलिटर १३३/१३३ रुपैयाँ पुगेको छ । यो तथ्यांकले पछिल्लो ५ वर्षको अवधिमा सबैखाले पेट्रोलियम पदार्थको मूल्य बढ्दो क्रममा रहेको देखाउँछ । यसको अर्थ, विश्व बजारको माग र आपूर्ति श्रृङ्खलाअनुसार कायम हुन आउन मूल्यमै नेपालले पेट्रोलियम पदार्थ खरिद गर्नुपर्छ । जुन, पछिल्लो समय निरन्तर उकालोतर्फ छ । यसका साथै, निरन्तर बढिरहेको अमेरिकी डलरको मूल्यले समेत नेपाली बजारमा पेट्रोलियम पदार्थको मूल्य बढाउन भूमिका खेल्छ ।
अन्तर्राष्ट्रिय बजारमा डलरमा तोकिने कच्चा तेलको मूल्य खरिद गर्दा डलरमै भुक्तानी गर्नुपर्छ । जसकारण, डलर निरन्तर महँगो हुँदै जानु र नेपाली मुद्रा निरन्तर कमजाेर हुँदै जाँदा पनि पेट्रोलियम पदार्थको मूल्य उकालो लाग्दैछ ।
एलपी ग्यासको मूल्य पनि बढ्यो
विगत ५ वर्षको अवधिमा अन्य पेट्रोलियम पदार्थको मूल्यसँगै खाना पकाउने एलपी ग्यासको मूल्य पनि बढेको छ । आयल निगमले दिएको जानकारी अनुसार २०७४ साल (फागनु) देखि २०७८ साल (फागुन)सम्म आइपुग्दा एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर २०० रुपैयाँ बढेको छ ।
२०७४ साल (फागुन) मा प्रतिसिलिन्डर १ हजार ३७५ रुपैयाँ रहेको एलपी ग्यासको मूल्य अहिले १ हजार ५७५ रुपैयाँ पुगेको छ । यसबीचमा केही समय यसको मूल्यमा घटबढ भएको देखिन्छ ।

  • न्युज काभ्रे संवाददाता

थप