Breaking News
काभ्रेको बनेपा-३ स्थित बासुकी स्थानमा निर्मित शिव मूर्तिको प्राण प्रतिष्ठा गरिएको छ ।    ||     अमित लामाको चुनावी एजेन्डा :पाँच वर्षमा जनहितका कानुन निर्माणदेखि युवाको मुद्दाको उठानसम्म    ||     फागुन २१ मा हुने निर्वाचनका लागि काभ्रे क्षेत्र नं २ बाट गोकुल बास्कोटाको एकल नाम सिफारिस    ||     पत्रकार महासंघ काभ्रेपलान्चोकले आफ्नो ३३औं स्थापना दिवस मनाइयो    ||     चाइनिजहरुले निर्माण गरेको हिमालयन रिम फिल्म काठमाडौं विश्वविद्यालयमा प्रदर्शनी    ||     अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्कीलाई बनाउने सहमति    ||     प्रेस चौतारी काभ्रेको अक्षयकोषमा एमाले केन्द्रिय सदस्य रेशम लामाले गरे रु.एक लाख एक हजार आर्थिक सहयोग    ||     स्वास्थ्य सेवामा सहुलियतका लागि पत्रकार महासंघ काभ्रे र CWC बनेपाबीच समझदारी    ||     आज खिर खाएर साउन १५ मनाइँदै    ||     नक्कली सरकारी कागजात र छाप बनाउने गिरोह धुलिखेलबाट पक्राउ    ||    

तेस्रो पाँचखाल महोत्सव असोज ३ गते बाट सुरु हुने

  ४ वर्ष अघि | १४ भदौ २०७९, मङ्लबार
न्युज काभ्रे संवाददाता

काभ्रे – पाँचखाल युनाइटेड फुटबल एसोसिएसन(पुफा)को आयोजना र पाँचखाल नगरपालिकाको सहयोगमा तेस्रो पाँचखाल महोत्सव हुने आयोजकले बताएको छ।


काभ्रेको पाँचखालमा महोत्सवको बारेमा जानकारी दिन  पत्रकार सम्मेलन गर्दै विजया दशमी तथा दिपावलीको अबसर पारि यहीँ असोज ३ गते देखि १६ गते सम्म हुन लागेको आयोजक समितिका संयोजक गणेश प्रसाद काफ्लेले जानकारी दिनु भयो । उहाँले महोत्सवमा ६० हजार दर्शक उतार्ने लक्ष्य रहेको बताउनु भयो । उक्त महोत्सवमा प्रशासनिक लागत मात्रै करिब ३० लाख लाग्ने अनुमान गरेका र छिमेकी जिल्ला, गाउँपालिकाको साथै नगरपालिकाबाट समेत सहयोग र सहकार्य गर्ने पत्रकार सम्मेलनमा बताइएको छ ।


पुफाका अध्यक्ष मिलन श्रेष्ठले पाँचखाल नगरपालिकाको संस्कृति र पर्यटनको प्रबर्द्धनको लागि महोत्सव गर्न लागेको बताउनु भयो।


महोत्सवको मुख्य आकर्षक अर्गानिक कृषि प्रदर्शनी, स्थानीय खानाका परिकार, संस्कृति र पर्यटन प्रबर्द्धन स्टलहरु, बाल मनोरञ्जनात्मक गतिविधिहरु, राष्ट्रिय तथा स्थानीय कलाकारहरुको दैनिक बेजोड प्रस्तुति रहने संयोजक काफ्लेले बताउनु भएको छ।साथै पाँचखाल नगर कृषि सहरको अवधारणा लाई सम्मान गर्दै कृषिका लागि स्टलहरु निशुल्क उपलब्ध रहेको आयोजक समितिले जनाएको छ।


  • न्युज काभ्रे संवाददाता

थप