Breaking News
काभ्रेको बनेपा-३ स्थित बासुकी स्थानमा निर्मित शिव मूर्तिको प्राण प्रतिष्ठा गरिएको छ ।    ||     अमित लामाको चुनावी एजेन्डा :पाँच वर्षमा जनहितका कानुन निर्माणदेखि युवाको मुद्दाको उठानसम्म    ||     फागुन २१ मा हुने निर्वाचनका लागि काभ्रे क्षेत्र नं २ बाट गोकुल बास्कोटाको एकल नाम सिफारिस    ||     पत्रकार महासंघ काभ्रेपलान्चोकले आफ्नो ३३औं स्थापना दिवस मनाइयो    ||     चाइनिजहरुले निर्माण गरेको हिमालयन रिम फिल्म काठमाडौं विश्वविद्यालयमा प्रदर्शनी    ||     अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्कीलाई बनाउने सहमति    ||     प्रेस चौतारी काभ्रेको अक्षयकोषमा एमाले केन्द्रिय सदस्य रेशम लामाले गरे रु.एक लाख एक हजार आर्थिक सहयोग    ||     स्वास्थ्य सेवामा सहुलियतका लागि पत्रकार महासंघ काभ्रे र CWC बनेपाबीच समझदारी    ||     आज खिर खाएर साउन १५ मनाइँदै    ||     नक्कली सरकारी कागजात र छाप बनाउने गिरोह धुलिखेलबाट पक्राउ    ||    

काभ्रे बारमा हरिशरण दाहाल र जयराम थापाको प्रतिस्पर्धा हुने।

  २ वर्ष अघि | ३० असोज २०८१, बुधबार
न्युज काभ्रे

धुलिखेल/विशेष साधारण सभाले कार्तिक ३ गते नेपाल बार एशोसिएसन काभ्रे इकाईको निर्वाचन तोके पछि गठित निर्वाचन तालिका अनुसार उम्मेदवार मनोनयन सकिएको छ । अध्यक्ष पदका लागि  बामपन्थी समुहबाट हरिशरण दाहाल र लोकतान्त्रिक समुहबाट जयराम थापाको उम्मेदवारी दर्ता भएको छ । त्यस्तै नेत्रप्रसाद सापकोटाले पनि अध्यक्ष पदमा उम्मेदवारी दिएका छन् ।

अघिल्लो निर्वाचनमा नेपाली काँग्रेस, समाजवादी र माओवादीका कानून ब्यवसायीहरुको गठवन्धन बनेको थियो । गठवन्धनबाट समाजबादीका विष्णुप्रसाद सापकोटा अध्यक्षतामा निर्वाचित भएका थिए । निर्वाचित अध्यक्षलाई लगातार काममा अवरोध गर्दै बैठक समेत बस्न नदिए पछि अध्यक्ष पदको अधिकार प्रयोग गर्दै नयाँ आवेदन दिएका २३ सदस्यको स्विकृत भए पछि गठवन्धनबाट निर्वाचित नेपाली काँग्रेस निकट कानून ब्यवसायीहरुले कार्य समितिलाई काम गर्नै दिएको थिएन ।

पुनः नेपाली काँग्रेस निकट कानून ब्यवसायीहरुको समुहले विशेष साधारण सभाको माग गरे पछि आयोजित सभाबाट कार्तिक ३ गते जिल्ला अधिबेशन गर्ने निर्णय गरेको थियो ।


सोहि निर्णय अनुसार पुर्व अध्यक्ष कृष्णप्रसाद सापकोटाको अध्यक्षतामा प्रदिप सापकोटा र प्रतिभा खत्री रहेको निर्वाचन समिति गठन गरिएको थियो । सोहि समितिले असोज ३० गते दिउसो २ देखि ५ बजेसम्म मनोनयनको समय तोकेको थियो । उक्त अवधी भित्र दाहाल र थापाको समुहबाट उम्मेदवारी दर्ता भएको थियो । दाहाललाई एमाले, माओवादी, बैद्य समुह तथा नेपाली काँग्रेसको विद्रोही समुहले समर्थन गरेको छ भने थापालाई समाजवादी, नेपाली काँग्रेसको एउटा समुहका कानून ब्यवसायीहरुले समर्थन गरेका छन् । केहि स्वतन्त्र कानून ब्यवसायीहरु दुबै तर्फ विभाजन हुने विश्लेषण गरिएको छ ।

मतदानका लागि १ सय २३ सदस्यीय मतदाता सूची सार्वजनिक भएको छ । अध्यक्ष, उपाध्यक्ष, सचिव, सह सचिव, कोषाध्यक्ष सहित १३ सदस्यीय कार्य समिति र ६ जना केन्द्रिय पार्षदमा निर्वाचित हुनेछन् । बार एशोसिएसन काभ्रेमा हाल नेपाली काँग्रेस निकट ४३, नेकपा एमाले निकट ३४, नेकपा समाजवादी निकट १५, नेकपा माओवादी निकट १०, बैद्य समुह निकट ८ र स्वतन्त्र १३ कानून ब्यवसायी छन् । हरिशरण दाहालको समुहबाट निरोजप्रसाद नेपाल उपाध्यक्ष छन् ।

जयराम थापा समुहबाट हरीशरण बस्नेत उपाध्यक्षको उम्मेदवार छन् । सचिवमा नारायणध्वज तामाङ र प्राणनाथ न्यौपानेले उम्मेदवारी दिएका छन् । कोषाध्यक्षमा मुकुन्द मुनाकर्मी र पुष्पराज थापाले उम्मेदवारी दिएका छन् । सह सचिवमा लालतारा अधिकारी र जमुना पसंक्षेले उम्मेदवारी दिएका छन् । सदस्यहरुमा दिपेन्द्र दनुवार, सुरेशकुमार केसी, राजेन्द्र पण्डित, सुविस्ता जोशी, सुरज तिमल्सिना, उमा थापा, राजकुमार गौतम, सुरेन्द्र आचार्य, परमात्मा पराजुली, राजेन्द्र तिमल्सिना, रमिता मानन्धर, श्रीकृष्ण बैंजु श्रेष्ठ, प्रल्हाद गिरी, राजु लामा, महेन्द्र तामाङ, विद्धरत्न मानन्धर रहेका छन् । पार्षदमा विजयभक्त श्रेष्ठ, कुमारप्रसाद भट्टराई, श्यामकृष्ण खत्री, फडिन्द्र कार्की, खुवनाथ दुलाल, जगत शाह, श्यामकृष्ण त्रिपाठी, सुर्यबहादुर गोले, कुमार थापा, राजु केसी, शान्ती धिताल, रामप्रसाद मानन्धर रहेका छन् ।
मदानी बाट साभार .....
  • न्युज काभ्रे

थप