Breaking News
काभ्रेको बनेपा-३ स्थित बासुकी स्थानमा निर्मित शिव मूर्तिको प्राण प्रतिष्ठा गरिएको छ ।    ||     अमित लामाको चुनावी एजेन्डा :पाँच वर्षमा जनहितका कानुन निर्माणदेखि युवाको मुद्दाको उठानसम्म    ||     फागुन २१ मा हुने निर्वाचनका लागि काभ्रे क्षेत्र नं २ बाट गोकुल बास्कोटाको एकल नाम सिफारिस    ||     पत्रकार महासंघ काभ्रेपलान्चोकले आफ्नो ३३औं स्थापना दिवस मनाइयो    ||     चाइनिजहरुले निर्माण गरेको हिमालयन रिम फिल्म काठमाडौं विश्वविद्यालयमा प्रदर्शनी    ||     अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्कीलाई बनाउने सहमति    ||     प्रेस चौतारी काभ्रेको अक्षयकोषमा एमाले केन्द्रिय सदस्य रेशम लामाले गरे रु.एक लाख एक हजार आर्थिक सहयोग    ||     स्वास्थ्य सेवामा सहुलियतका लागि पत्रकार महासंघ काभ्रे र CWC बनेपाबीच समझदारी    ||     आज खिर खाएर साउन १५ मनाइँदै    ||     नक्कली सरकारी कागजात र छाप बनाउने गिरोह धुलिखेलबाट पक्राउ    ||    

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) काभ्रे शाखाले मनायो २३ औँ स्थापना दिवस

  ४ वर्ष अघि | २७ साउन २०७९, शुक्रबार
न्युज काभ्रे संवाददाता

काभ्रे ।नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) काभ्रे शाखाले २३ औँ स्थापना दिवस तथा २८ औँ अन्तर्राष्ट्रिय आदिवासी दिवस मनाएको छ ।


आज धुलिखेलमा एक कार्यक्रमको आयोजना गरी स्थापना दिवस मनाएको हो । फोनिजका केन्द्रीय उपाध्यक्ष जगत दोङको प्रमुख आतिथ्यातामा भएको कार्यक्रममा आदिवासी जनजाति समुदायका मुद्दाका सवालमा ब्यापक छलफल भएको छ ।  


कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष दोङले ब्यक्तिभन्दा पनि समुदायगत रुपमा राज्यले गरिरहेको ब्यहार मुख्य हुने बताउनुभयो । उहाँले अहिले संघीयता नै खारेज गर्नुपर्छ भन्ने आवाज उठिरहेको तर्फ ईंकित गर्दै यसलाई बेतुकको संज्ञा दिनुभयो । ‘जसले संघीयता ल्याउनका लागि बलिदानि दिएको उसलाई मात्रै थाहा छ यसको महत्व । संघीयताको नाममा विकृति फैलाउने अनि संघीयता नै काम छैन् भनेर बहस चलाउने ? संघीयतालाई मुल मर्म अनुसार कार्यान्वयन गरौँ । आदिवासी जनजाति र पछाडि पारिएका समुदायको प्रतिधित्व राज्यको मुल प्रवाहमा सहभागिता गराउन संघीयताको अरु कुनै विकल्प छैन् । उपाध्यक्ष दोङले भन्नुभयो ।’


कार्यक्रममा जिल्ला समन्वय समिति काभ्रेका उपप्रमुख रिम बहादुर तामाङले भाषागत समस्यालाई राज्यले उचित ध्यान नदिँदा जनजाति समुदाय पछि परेको बताउनुभयो । ‘हाम्रो जातिगत भाषाका कारण कयौँ प्रशासनिक झमेला खेप्न बाध्य छौँ । यसलाई सरकारी निकायले गम्भीर भएर सोच्न जरुरी छ । उपप्रमुख तामाङले भन्नुभयो ।’  


रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाले आदिवासी जनजातिको सवाललाई अब नयाँ ढंगबाट विचार विर्मश गर्ने बेला आएको र त्यसलाई सञ्चारकर्मीले विशेष प्राथमिकताका साथ खोजी र प्रकाशन गर्नुपर्नेमा जोड दिनुभयो । ‘अहिले आदिवासी जनजाति समुदायका अगुवाभित्र पनि दुई वटा खेमा प्रष्ट देखिन्छ । यसलाई हामीले बीचको धारबाट बहस गर्न आवश्यक भैसकेको छ । आदिवासी जनजातिको मुख्य सवाल भनेको समावेशिता र पहिचान नै हो । हामी यसलाई भुलेर अघि बढ्न सक्दैनौ । संविधानले सुनिश्चित गरेको समावेशी प्रतिनिधित्वलाई हामीले सशक्त ढंगबाट अघि बढ्नु पर्छ ।’ अध्यक्ष लामाले भन्नुभयो ।


  • न्युज काभ्रे संवाददाता

थप