Breaking News
काभ्रेको बनेपा-३ स्थित बासुकी स्थानमा निर्मित शिव मूर्तिको प्राण प्रतिष्ठा गरिएको छ ।    ||     अमित लामाको चुनावी एजेन्डा :पाँच वर्षमा जनहितका कानुन निर्माणदेखि युवाको मुद्दाको उठानसम्म    ||     फागुन २१ मा हुने निर्वाचनका लागि काभ्रे क्षेत्र नं २ बाट गोकुल बास्कोटाको एकल नाम सिफारिस    ||     पत्रकार महासंघ काभ्रेपलान्चोकले आफ्नो ३३औं स्थापना दिवस मनाइयो    ||     चाइनिजहरुले निर्माण गरेको हिमालयन रिम फिल्म काठमाडौं विश्वविद्यालयमा प्रदर्शनी    ||     अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्कीलाई बनाउने सहमति    ||     प्रेस चौतारी काभ्रेको अक्षयकोषमा एमाले केन्द्रिय सदस्य रेशम लामाले गरे रु.एक लाख एक हजार आर्थिक सहयोग    ||     स्वास्थ्य सेवामा सहुलियतका लागि पत्रकार महासंघ काभ्रे र CWC बनेपाबीच समझदारी    ||     आज खिर खाएर साउन १५ मनाइँदै    ||     नक्कली सरकारी कागजात र छाप बनाउने गिरोह धुलिखेलबाट पक्राउ    ||    

चेतना नेपालको ८औं साधारण सभा सम्पन्न

  २ वर्ष अघि | १ मंसिर २०८१, शनिबार
न्युज काभ्रे

काभ्रे । रेडियो एबिसी एफएम ८९.८मेगा हर्जको मातृ सस्था चेतना नेपाल बनेपा -७का अध्यक्ष  रमेश   प्रसाद न्याेेेेपानेको सभापतित्वमा तथा  रेडियो एबिसीका पुर्ब अध्यक्ष  तारा नाथ दाहालको आतिथ्यतामा बनेपा पार्टी भेन्युमा शनिबार  सम्पन्न  भयो।कार्यक्रममा  बोल्दै अतिथि  दाहालले समाजिक सस्थाले जागरण  अभियान सन्चालन  गर्दै समाजमा देखिएका बेथितिको विरुद्धमा सञ्चारमाध्यमबाट  आवाज उठाउनु पर्ने बताउनु भयो।आर्थिक  संकट , विविध समस्या हुँदा  समेत  सामुदायिक  रेडियोहरुले नागरिकहरुको आवाजलाई बुलन्द  गरेको तर राज्यका तीनै तहका  सरकारले रेडियोहरुको वृद्धि  बिकासमा सहयोग  नपुर्‍याएकोमा दुःख व्यक्त गर्दै सामुदायिक  रेडियो संचालकहरु एकता बद्द भैइ सशक्तरूपमा रेडियोहरुको स्थाइत्वको लागि सरकारलाई नीति निर्माण  गर्न दवाब दिनु  पार्ने  धारणा  अतिथि दाहालले राख्नु भयो।सस्थाका अध्यक्ष रमेशप्रसाद न्याेेेे पानेले स्वागत  गर्नु भएको कार्यक्रममा महासचिव  हरिनाथ  न्याेेेेपानेले प्रगति प्रतिबेदन र आगामी  वर्ष ०८१/०८२को भाबी कार्य योजना  प्रस्तुत  गर्नु भयो।कोषाध्यक्ष  रमिता  मानन्धरले आब ०८०/०८१को लेखापरीक्षण  प्रतिवेदन प्रस्तुत  गर्नु भयो।सस्थाको३लाख ७२हजार २सय ११ बराबरको  आब ०८०/०८१को आय ब्यय प्रस्तुत  गरेको थियो साधारण  सभामा प्रस्तुत  गरेका सबै  प्रतिबेदन  सर्बसम्बतरूपमा  पारित गरेको कुरा सस्थाका सचिव  गौरव मानन्धरले बताउनु भयो।कार्यक्रममा रेडियो एबिसीका संचालक  भोला  थापा र सस्थाका सदस्यहरुको उपस्थिती रहेको थियोे ।

  • न्युज काभ्रे

थप