Breaking News
काभ्रेको बनेपा-३ स्थित बासुकी स्थानमा निर्मित शिव मूर्तिको प्राण प्रतिष्ठा गरिएको छ ।    ||     अमित लामाको चुनावी एजेन्डा :पाँच वर्षमा जनहितका कानुन निर्माणदेखि युवाको मुद्दाको उठानसम्म    ||     फागुन २१ मा हुने निर्वाचनका लागि काभ्रे क्षेत्र नं २ बाट गोकुल बास्कोटाको एकल नाम सिफारिस    ||     पत्रकार महासंघ काभ्रेपलान्चोकले आफ्नो ३३औं स्थापना दिवस मनाइयो    ||     चाइनिजहरुले निर्माण गरेको हिमालयन रिम फिल्म काठमाडौं विश्वविद्यालयमा प्रदर्शनी    ||     अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्कीलाई बनाउने सहमति    ||     प्रेस चौतारी काभ्रेको अक्षयकोषमा एमाले केन्द्रिय सदस्य रेशम लामाले गरे रु.एक लाख एक हजार आर्थिक सहयोग    ||     स्वास्थ्य सेवामा सहुलियतका लागि पत्रकार महासंघ काभ्रे र CWC बनेपाबीच समझदारी    ||     आज खिर खाएर साउन १५ मनाइँदै    ||     नक्कली सरकारी कागजात र छाप बनाउने गिरोह धुलिखेलबाट पक्राउ    ||    

विभिन्न योजनाहरुको अनुगमन गर्दै बनेपा नगरपालिका उपप्रमुख विमला सापकोटा दाहाल"यस्ता छन् विकास योजना"

  ४ वर्ष अघि | ६ असार २०७९, सोमवार
न्युज काभ्रे संवाददाता

काभ्रे । बनेपा नगरपालिका वडा नं ३ ,४ , ५ का विभिन्न योजनाहरुको आज बनेपा नगरपालिका उपप्रमुख विमला सापकोटा दाहालले अनुगमन  गर्नुभएको छ ।

वडा नं ३ टुसालमा चामुण्डा मन्दिर मर्मत संम्भार गरिएको छ । पाच लाख बजेटमा मन्दिरको मर्मत संम्भारका केही काम भएका छन्।

चामुण्डा माई रहेको पुरानो थलो सम्म  जानको लागी सिडि निर्माण कार्य भइसकेको छ।सिडि निर्माणका लागि प्रदेश सरकार बाट रकम विनियोजित भएको हो।

दुई सय २५ वटा सिडि निर्माण गरिएको सिडि निर्माण समितिका अध्यक्ष उदय केसी ले बताउनुभएको छ।

मन्दिर सम्म पुग्न २२ सय सिडि आवश्यक रहेको उहाँको भनाइ थियो ।

योजना अनुगमन गर्दै उपप्रमुख विमला सापकोटा दाहालले भन्नुभयो  सकारात्मक विकास योजनामा नगरपालिकाले बजेट विनियोजित गरि विकास निर्माणमा सधै सघाउने बताउनुभयो ।

वडा नं ४ को कृषि सडक पुलबजार मा पक्कि डेर्न बनाउने कार्य सम्पन्न भएको छ।

वडा नं ४ सेरामा  ॐ शान्ति भवनमा मर्मत कार्य भएको छ। वडा नं ५ मा स्वास्थ्य चौकि भवन सञ्चालनमा आइसकेको छ। दैनिक सेवाग्राही हरुले स्वास्थ्य सेवा लिइरहनुभएको स्वास्थ्य चौकि प्रमुखले बताउनुभयो ।

अनुगमन गरिएका योजनाहरु

१.चामुण्डा मन्दिर जाने २२५ सिडि 

२.चामुण्डा खैजेडी भजन घर

३.चामुण्डा मन्दिर मर्मतसम्भार 

४.वडा नं ४ ॐ शान्ति भवन

५.वुले ढलान बाटो 

६. पुलबजार डेर्न निर्माण 

७.वडा नं ५ स्वास्थ चौकि निर्माण सम्पन्न 

८.वडा नं ५ पिप्ले पिक्निक स्पोर्ट्स निर्माण 

९.हिमालय स्कुल पछाडि ढल नालि विस्तार 

निम्न योजनाहरु निर्माण सम्पन्न भइसकेका योजनाहरु  हुन।


  • न्युज काभ्रे संवाददाता

थप