Breaking News
काभ्रेको बनेपा-३ स्थित बासुकी स्थानमा निर्मित शिव मूर्तिको प्राण प्रतिष्ठा गरिएको छ ।    ||     अमित लामाको चुनावी एजेन्डा :पाँच वर्षमा जनहितका कानुन निर्माणदेखि युवाको मुद्दाको उठानसम्म    ||     फागुन २१ मा हुने निर्वाचनका लागि काभ्रे क्षेत्र नं २ बाट गोकुल बास्कोटाको एकल नाम सिफारिस    ||     पत्रकार महासंघ काभ्रेपलान्चोकले आफ्नो ३३औं स्थापना दिवस मनाइयो    ||     चाइनिजहरुले निर्माण गरेको हिमालयन रिम फिल्म काठमाडौं विश्वविद्यालयमा प्रदर्शनी    ||     अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्कीलाई बनाउने सहमति    ||     प्रेस चौतारी काभ्रेको अक्षयकोषमा एमाले केन्द्रिय सदस्य रेशम लामाले गरे रु.एक लाख एक हजार आर्थिक सहयोग    ||     स्वास्थ्य सेवामा सहुलियतका लागि पत्रकार महासंघ काभ्रे र CWC बनेपाबीच समझदारी    ||     आज खिर खाएर साउन १५ मनाइँदै    ||     नक्कली सरकारी कागजात र छाप बनाउने गिरोह धुलिखेलबाट पक्राउ    ||    

धुलिखेल-भकुण्डेबेँसी बर्षे खोला सडक खण्ड रातभर बन्द हुने

  २ वर्ष अघि | ३० असोज २०८१, बुधबार
न्युज काभ्रे

काभ्रे । बाढीले बगाएको र पहिरोले थुनिएको करिब ८ किलोमिटर सडकको बैकल्पिक बाटो खोलेर सुचारु गरिएको बीपी राजमार्गको धुलिखेल-भकुण्डेबेँसी खण्डमा रातभर सवारी आवागमन बन्द गरिएको छ ।


असोज दोस्रो साताको बाढीपहिरो र डुबानले क्षति पुर्‍याएको भकुण्डेबेँसी वर्षेखोला खण्डको करिब ८ किलोमिटर सडकमा अड्केका सवारी साधन र यात्रुलाई बैकल्पिक बाटो खोलि आवतजावत गराइएको थियो।


नयाँ ट्रयाकको मर्मत तथा सुधार कार्य भइरहेको साथै जुनसुकै समयमा पनि सुख्खा पहिरो झर्ने सम्भावना रहेकोले बेलुका ६ बजेदेखि बिहानको ४ बजेसम्म उक्त खण्ड बन्द गरिएको सडक डिभिजन भक्तपुरले जनाएको छ ।


  • न्युज काभ्रे

थप