Breaking News
काभ्रेको बनेपा-३ स्थित बासुकी स्थानमा निर्मित शिव मूर्तिको प्राण प्रतिष्ठा गरिएको छ ।    ||     अमित लामाको चुनावी एजेन्डा :पाँच वर्षमा जनहितका कानुन निर्माणदेखि युवाको मुद्दाको उठानसम्म    ||     फागुन २१ मा हुने निर्वाचनका लागि काभ्रे क्षेत्र नं २ बाट गोकुल बास्कोटाको एकल नाम सिफारिस    ||     पत्रकार महासंघ काभ्रेपलान्चोकले आफ्नो ३३औं स्थापना दिवस मनाइयो    ||     चाइनिजहरुले निर्माण गरेको हिमालयन रिम फिल्म काठमाडौं विश्वविद्यालयमा प्रदर्शनी    ||     अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्कीलाई बनाउने सहमति    ||     प्रेस चौतारी काभ्रेको अक्षयकोषमा एमाले केन्द्रिय सदस्य रेशम लामाले गरे रु.एक लाख एक हजार आर्थिक सहयोग    ||     स्वास्थ्य सेवामा सहुलियतका लागि पत्रकार महासंघ काभ्रे र CWC बनेपाबीच समझदारी    ||     आज खिर खाएर साउन १५ मनाइँदै    ||     नक्कली सरकारी कागजात र छाप बनाउने गिरोह धुलिखेलबाट पक्राउ    ||    

नगरकोटको महादेव पोखरीमा बन्ने प्रवेशद्वारको शिलान्यास

  ५ वर्ष अघि | १ चैत्र २०७८, मङ्लबार
न्युज काभ्रे संवाददाता

काभ्रेपलाञ्चोक । धार्मिक तथा पर्यटकीय क्षेत्र नगरकोटमा प्रवेशद्वार बन्ने भएको छ । काभ्रे र भक्तपुरको सीमा नाकामा बनेपा नगरपालिकाले प्रवेशद्वार बनाउन लागेको हो ।
बनेपा नगरपालिका वडा नं. २ को सिमामा बन्न लागेको प्रवेशद्वारको बनेपा नगरपालिकाका मेयर लक्ष्मी नरसिंह वादेले आज एक कार्यक्रमका बीच  शिलान्यास गर्नु भयो । कार्यक्रममा नगरकी उपमेयर रेखा सापकोटा,वडा नं. ३ का वडा अध्यक्ष कृष्णप्रसाद दाहाल ,वडा नं. ४ का वडा अध्यक्ष श्याम श्रेष्ठ , नेकपा एमालेका नगर कमिटी सदस्य श्रीधर पराजुली, बेदप्रसाद घिमिरे, शिवप्रसाद सापकोटा, बनेपा नगरपालिका वडा नं. १ का अध्यक्ष कमल प्रसाद घिमिरे, नेकपा एमाले वडा नं. २ का अध्यक्ष शालिकराम घिमिरे,नेकपा माओवादी केन्द्रका पशुराम दाहाल, राप्रपाका नारायणप्रसाद घिमिरे लगायतको उपस्थिति थियो ।
प्रवेशद्वारको उद्घाटन गर्नु हुँदै नगरपालिका मेयर बादेले प्रवेशद्वारका लागि आगामी दिनमा थप बजेटको वेवस्था गरिने बताउनुभयो । कार्यक्रममा प्रवेशद्वारको निर्माण समयमै गर्ने प्रतिवद्घता गर्दै प्रवेशद्वार निर्माण उपभोक्ता समितिका अध्यक्ष विनोद घिमिरेले निर्माण कार्यका लागि सबै समुदायले सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो ।प्रवेशद्वारका लागि बनेपा नगरपालिकाले हाल १० लाख बजेट विनियोजन गरेको छ ।
  • न्युज काभ्रे संवाददाता

थप