काभ्रे । टोल टोलमा समिति गठनमा केन्द्रीय भएको नेपाली काँग्रेस काभ्रे थप जुर्मुराएको छ ।
बनेपामा एक कार्यक्रमको आयोजना गरी चुनावी अभियान सुरु गरेको हो । काभ्रे काँग्रेसले 'घर घर जाऔँ, काँग्रेस 'जिताऔं' अभियान सुरु गरेको हो ।
यो अभियान जिल्लाको १३ वटा पालिका र १३५ वटै वडामा सञ्चालन हुनेछ । अभियानको उदघाटन नेपाली काँग्रेसका प्रवक्ता डाक्टर प्रकाश शरण महतले गर्नुभएको थियो ।
चैत्रको पहिलो साताभित्र 'घर घर जाऔँ, काँग्रेस जिताऔं अभियान सञ्चालन हुनेछ । यो अभियानमा सबै तहको नेताहरु आ आफ्नो ठाउँमा खटिने छन्। घर घरमा पुगेर जनताको समस्या बुझ्ने, पार्टीले गर्नु सक्ने काम तत्काल गर्ने बताइएको छ।