Breaking News
काभ्रेको बनेपा-३ स्थित बासुकी स्थानमा निर्मित शिव मूर्तिको प्राण प्रतिष्ठा गरिएको छ ।    ||     अमित लामाको चुनावी एजेन्डा :पाँच वर्षमा जनहितका कानुन निर्माणदेखि युवाको मुद्दाको उठानसम्म    ||     फागुन २१ मा हुने निर्वाचनका लागि काभ्रे क्षेत्र नं २ बाट गोकुल बास्कोटाको एकल नाम सिफारिस    ||     पत्रकार महासंघ काभ्रेपलान्चोकले आफ्नो ३३औं स्थापना दिवस मनाइयो    ||     चाइनिजहरुले निर्माण गरेको हिमालयन रिम फिल्म काठमाडौं विश्वविद्यालयमा प्रदर्शनी    ||     अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्कीलाई बनाउने सहमति    ||     प्रेस चौतारी काभ्रेको अक्षयकोषमा एमाले केन्द्रिय सदस्य रेशम लामाले गरे रु.एक लाख एक हजार आर्थिक सहयोग    ||     स्वास्थ्य सेवामा सहुलियतका लागि पत्रकार महासंघ काभ्रे र CWC बनेपाबीच समझदारी    ||     आज खिर खाएर साउन १५ मनाइँदै    ||     नक्कली सरकारी कागजात र छाप बनाउने गिरोह धुलिखेलबाट पक्राउ    ||    

बनेपामा भोलीदेखि उपमेयर कप भलिबल, विजेताले पाउनेछन् १ लाख रुपैयाँ पुरस्कार

  २ वर्ष अघि | २३ चैत्र २०८१, आइतवार
मणिराम दाहाल

बनेपा–एक लाख रुपैयाँ पहिलो पुरस्कार रहेको बनेपा उपमेयर कम खुल्ला तथा आमन्त्रण महिला भलिवल प्रतियोगिताको दोस्रो संस्करण भोलीबाट सुरु हुँदैछ । प्रैतियोगिता बनेपाको लायकु मञ्चमा रहेको भलिबल कोर्टमा सञ्चालन हुनेछ ।  

प्रतियोगिताको आयोजना बनेपा नगरपालिकाले गरेको हो भने व्यवस्थापनको जिम्मा बनेपा भलिबल प्रशिक्षण केन्द्रले लिएको छ । काभ्रे जिल्ला भलिबल संघको सहकार्यमा आयोजना गरिएको उक्त प्रतियोगितामा ९ वटा टिमले प्रतिस्पर्धा गर्दैछन् । प्रतियोगितामा प्रथम हुने टिमले नगद १ लाख सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उप विजेता टिमले नगद ५० हजार प्राप्त गर्नेछ । त्यस्तै तेश्रो हुने टिमले २५ हजार र चौथो हुने टिमले नगद १० हजार रुपैया प्राप्त हुनेछ । प्रतियोगिताको उद्घाटन नगर प्रमुख शान्तिरत्न शाक्यले गर्नेछन् भने समापन कार्यक्रममा प्रतिनिधि सभा सदस्य तथा पूर्व मन्त्री गोकुल बास्कोटाले पुरस्कार वितरण गर्नेछन् ।

गत वर्ष देखि बनेपा नगरपालिकाले उपमेयर महिला भलिबल कप आयोजना गर्दै आएको छ । करिव ७ लाख रुपैयाँ खर्च हुने उक्त प्रतियोगिताका लागि नगरपालिकाले ५ लाख रुपैयाँ उपलब्ध गराउने छ । नगद पुरस्कार धेरै भएको महिला भलिबल प्रतियोगिता जिल्लाकै नमूना हो । प्रत्येक म्याचमा प्लेयर अफ द म्याच घोषणा गर्दै पुरस्कार उपलब्ध गराउने बनेपा भलिबल प्रशिक्षण केन्द्रका उपाध्यक्ष एवं काभ्रे जिल्ला भलिबल संघका अध्यक्ष विक्रम प्रजापतिले जानकारी दिए ।

प्रतियोगितामा ललितपुर महानगरपालिका, महाभारत गाउँपालिका, टिपटप न्यू डायमन्ड युथ स्पोर्टस क्लव, धुलिखेल नगरपालिका, बुढानिलकण्ठ भलिबल क्लव, बनेपा नगरपालिका वडा नम्वर ९, प्रोफेसनल, पनौती नगरपालिका र बनेपा नगरपालिका सहभागि हुनेछन् । पहिलो खेल महानगरपालिका, महाभारत गाउँपालिका बीच हुनेछ । दोश्रो खेल प्रोफेसनल र पनौती नगरपालिका बीच हुनेछ । २०८० सालमा स्थापना भएको बनेपा भलिबल प्रशिक्षण केन्द्रले छोटो अवधीमा ७० जना भन्दा धेरै भलिबल खेलाडीहरुलाई प्रशिक्षण दिएको छ भने महत्वपूर्ण दुईवटा प्रतियोगिता आयोजना गरेको छ । 

  • मणिराम दाहाल

थप