Breaking News
काभ्रेको बनेपा-३ स्थित बासुकी स्थानमा निर्मित शिव मूर्तिको प्राण प्रतिष्ठा गरिएको छ ।    ||     अमित लामाको चुनावी एजेन्डा :पाँच वर्षमा जनहितका कानुन निर्माणदेखि युवाको मुद्दाको उठानसम्म    ||     फागुन २१ मा हुने निर्वाचनका लागि काभ्रे क्षेत्र नं २ बाट गोकुल बास्कोटाको एकल नाम सिफारिस    ||     पत्रकार महासंघ काभ्रेपलान्चोकले आफ्नो ३३औं स्थापना दिवस मनाइयो    ||     चाइनिजहरुले निर्माण गरेको हिमालयन रिम फिल्म काठमाडौं विश्वविद्यालयमा प्रदर्शनी    ||     अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्कीलाई बनाउने सहमति    ||     प्रेस चौतारी काभ्रेको अक्षयकोषमा एमाले केन्द्रिय सदस्य रेशम लामाले गरे रु.एक लाख एक हजार आर्थिक सहयोग    ||     स्वास्थ्य सेवामा सहुलियतका लागि पत्रकार महासंघ काभ्रे र CWC बनेपाबीच समझदारी    ||     आज खिर खाएर साउन १५ मनाइँदै    ||     नक्कली सरकारी कागजात र छाप बनाउने गिरोह धुलिखेलबाट पक्राउ    ||    

काभ्रे प्रहरी प्रमुख जोशीद्वारा बढुवा भएका प्रहरीलाई दर्ज्यानी चिन्ह प्रदान

  ४ वर्ष अघि | १७ साउन २०७९, मङ्लबार
न्युज काभ्रे संवाददाता

काभ्रे ।जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी चक्रराज जोशीले विभिन्न पदमा बढुवा भएका प्रहरीहरुलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् । कार्यालय परिसरमै एक समारोहका बीच एसपी जोशी र डिएसपी हरि खतिवडाले उनीहरुलाई दज्र्यानी चिन्ह प्रदान गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय, काभ्रेका सूचना अधिकारी समेत रहेका डिएसपी खतिवडाका अनुसार नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत एवं प्रशासन बिभाग, कर्मचारी प्रशासन शाखाको मिति २०७९।०४।१५ र १६ गतेको निर्णयानुसार प्राविधिक (संचार) तर्फका प्रहरी वरिष्ठ हवल्दार पदबाट प्रहरी सहायक निरीक्षक, प्रहरी हवल्दार पदबाट प्रहरी वरिष्ट हवल्दार, जनपद प्रहरी समुह तर्फका प्रहरी जवान पदबाट प्रहरी सहायक हवल्दारमा बढुवा भएका प्रहरी कर्मचारीहरुलाई दर्ज्यानी चिन्हबाट सुशोभन गरेको थियो ।

उक्त कार्यक्रममा एसपी जोशी ज्युले बढुवा भएका प्रहरी कर्मचारीहरुलाई बधाई तथा शुभकामना व्यक्त गर्दै विभागिय निति निर्देशन र संगठनले दिएको पदिय जिम्मेवारी कुशलता पुर्वक निर्वाह गरि कार्यसम्पादन गर्न निर्देशन दिएका थिए ।

  • न्युज काभ्रे संवाददाता

थप