Breaking News
काभ्रेको बनेपा-३ स्थित बासुकी स्थानमा निर्मित शिव मूर्तिको प्राण प्रतिष्ठा गरिएको छ ।    ||     अमित लामाको चुनावी एजेन्डा :पाँच वर्षमा जनहितका कानुन निर्माणदेखि युवाको मुद्दाको उठानसम्म    ||     फागुन २१ मा हुने निर्वाचनका लागि काभ्रे क्षेत्र नं २ बाट गोकुल बास्कोटाको एकल नाम सिफारिस    ||     पत्रकार महासंघ काभ्रेपलान्चोकले आफ्नो ३३औं स्थापना दिवस मनाइयो    ||     चाइनिजहरुले निर्माण गरेको हिमालयन रिम फिल्म काठमाडौं विश्वविद्यालयमा प्रदर्शनी    ||     अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्कीलाई बनाउने सहमति    ||     प्रेस चौतारी काभ्रेको अक्षयकोषमा एमाले केन्द्रिय सदस्य रेशम लामाले गरे रु.एक लाख एक हजार आर्थिक सहयोग    ||     स्वास्थ्य सेवामा सहुलियतका लागि पत्रकार महासंघ काभ्रे र CWC बनेपाबीच समझदारी    ||     आज खिर खाएर साउन १५ मनाइँदै    ||     नक्कली सरकारी कागजात र छाप बनाउने गिरोह धुलिखेलबाट पक्राउ    ||    

जिल्ला ट्राफिक प्रहरी कार्यलय र जिवित फाउन्डेसनको संयुक्त आयोजनामा चालकलाई नि:शुल्क स्वास्थ्य परिक्षण

  ४ वर्ष अघि | ७ साउन २०७९, शनिबार
न्युज काभ्रे संवाददाता

काभ्रे : जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेको आयोजनामा सवारी चालकको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । जिवित फाउण्डेसन र रेयुकाई एईको मासुनागा आँखा अस्पताल बनेपाको सहकार्यमा आज ट्राफिक प्रहरी कार्यालयको परिसरमा सवारी चालकको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत ‘सडक सुरक्षा र सुरक्षित यात्राको लागि’ भन्ने उद्देश्यका साथ सवारी चालकहरुको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको हो । जिल्लामा सडक सुरक्षाका क्षेत्रमा सवारी दुर्घटना प्रमुख समस्या बन्दै गएको र यसको न्यूनिकरणका लागि सवारी चालकको स्वास्थ्य परीक्षण गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी निरीक्षक राजेश सिलवालले जानकारी दिए ।

उनका अनुसार चालककहरुको अस्वस्थ स्वास्थ्य स्थितीका कारण पनि सवारी दुर्घटनाहरु हुने गरेको पाइएकाले पनि जिवित फाउण्डेसन र रेयुकाई एईको मासुनागा आँखा अस्पताल बनेपाको सहकार्यमा र ट्राफिक प्रहरी कार्यालयको आयोजना निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन गरिएको हो ।

  • न्युज काभ्रे संवाददाता

थप