Breaking News
काभ्रेको बनेपा-३ स्थित बासुकी स्थानमा निर्मित शिव मूर्तिको प्राण प्रतिष्ठा गरिएको छ ।    ||     अमित लामाको चुनावी एजेन्डा :पाँच वर्षमा जनहितका कानुन निर्माणदेखि युवाको मुद्दाको उठानसम्म    ||     फागुन २१ मा हुने निर्वाचनका लागि काभ्रे क्षेत्र नं २ बाट गोकुल बास्कोटाको एकल नाम सिफारिस    ||     पत्रकार महासंघ काभ्रेपलान्चोकले आफ्नो ३३औं स्थापना दिवस मनाइयो    ||     चाइनिजहरुले निर्माण गरेको हिमालयन रिम फिल्म काठमाडौं विश्वविद्यालयमा प्रदर्शनी    ||     अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्कीलाई बनाउने सहमति    ||     प्रेस चौतारी काभ्रेको अक्षयकोषमा एमाले केन्द्रिय सदस्य रेशम लामाले गरे रु.एक लाख एक हजार आर्थिक सहयोग    ||     स्वास्थ्य सेवामा सहुलियतका लागि पत्रकार महासंघ काभ्रे र CWC बनेपाबीच समझदारी    ||     आज खिर खाएर साउन १५ मनाइँदै    ||     नक्कली सरकारी कागजात र छाप बनाउने गिरोह धुलिखेलबाट पक्राउ    ||    

सक्षम बचत तथा ऋण सहकारी संस्था लि को २८ औं स्थापना दिवस भव्यताका साथ सम्पन्न

  ४ वर्ष अघि | २० साउन २०७९, शुक्रबार
न्युज काभ्रे संवाददाता

काभ्रे । सक्षम बचत तथा ऋण सहकारी संस्था लि. को २८ औं स्थापना दिवस भव्यताका साथ सम्पन्न भएको छ।

बनेपा नगरपालिका वडा नं ७ मा प्रधान कार्यलय रहेको सक्षम बचत तथा ऋण सहकारी संस्थाको बनेपा वडा नं १४ र  पनौतीमा पनि शाखा रहेको छ। 

२८ बर्ष अघिदेखि सहकारी अभियान मा लागेको सक्षम बचत तथा ऋण सहकारी संस्थाले बर्षै पिछें नयाँ नया कार्यक्रम लिएर आउने गरेको छ।

यसअघि विभिन्न सामाजिक कार्य गर्दै आएको सक्षम सहकारीले यो बर्ष भने स्थापना दिवसको अवसर पारेर कैलाशभक्त प्रधानाङ्ग सहकारी पुरस्कार प्रदान गरेको छ।

 नेफस्कुन पुर्व सिईओ  शिवजी सापकोटा कैलाश भक्त प्राधानाङ्ग सहकारी पुरस्कार बाट सम्मानित हुनुभएको छ।

कार्यक्रममा बनेपा नगरपालिका प्रमुख शान्ति रत्न शाक्य प्रमुख अतिथिको रुपमा उपस्थित हुनुहुन्थ्यो भने विशिष्ट अतिथि को रुपमा सहकारी विद्  कैलाश भक्त प्राधानाङ्ग उपस्थित हुनुहुन्थ्यो ।

कार्यक्रममा संस्थाका अध्यक्ष रमेश काजि श्रेष्ठ सभापति रहेको  सक्षम बचत तथा ऋण सहकारी संस्थाको २८ औं  स्थापना दिवसमा    विभिन्न सहकारी संग आवद्ध व्यक्तिहरुको उपस्थिति थियो ।

सहकारी अभियानमा सक्षम बचत तथा ऋण सहकारीको आफ्नो छुट्टै अस्तित्व रहेको संस्थाका अध्यक्ष रमेशकाजि मानन्धर को भनाइ रहेको छ।

२८ औं स्थापना दिवस भव्य र सभ्य रुपमा सफल भएको संस्थाका प्रबन्धक पार्वती थापाले बताउनुभएको छ।


  • न्युज काभ्रे संवाददाता

थप