काभ्रे । लागू औषध दुरुपयोग तथा ओसारपसार विरुद्ध अन्तर्राष्ट्रिय दिवसको अवसरमा सचेतनाको लागि इलाका प्रहरी कार्यलय को आयोजनामा बनेपामा दिप प्रज्वलन कार्यक्रम भएको छ।
दिप प्रज्वलन कार्यक्रम को मुख्य उद्देश्य युवाहरूलाई कुलतमा फस्न नदिन यस्तो कार्यक्रमको आवश्यकता रहेको जिल्ला प्रहरी कार्यलय काभ्रेका प्रमुख चक्रराज जोशिले बताउनुभयो ।
दिप प्रज्वलन कार्यक्रमा जिल्ला प्रशासन काभ्रे प्रमुख हुमकला पाण्डे , प्रहरी प्रमुख चक्रराज जोशी ,इप्रका प्रमुख नारायण थापा, ट्राफिक प्रहरी प्रमुख ,विभिन्न व्यक्तिहरुको उपस्थिति थियो ।
- न्युज काभ्रे संवाददाता