काभ्रे ।धुलिखेल नगरपालिका वडा नं ९ वडा कार्यालयमा बैदेशिक रोजगार क्षेत्रमा जाने युवाहरु बिच छलफल भएको छ । सिभिस एक्सन टिमको आयोजनामा वडा कार्यालयमा वडा अध्यक्ष सहितको उपस्थितिमा बैदेशिक रोजगार क्षेत्रमा वडाको अवस्था बारे छलफल गरिएको थियो । धुलिखेल नगरपालिका वडा नं ९ को वडा अध्यक्ष बसन्त रानाभाटले वडा भित्र रहेका युवाहरु र उनिहरुले बिदेशको नाममा भोेग्नु परेको समस्यको लागि सहजिकरण गर्ने बताए । छलफलमा धुलिखेल वडा नं ९ भित्रका धेरै युवाहरु बैदेशिक रोजगारीको क्षेत्रमा रहेको जानकारी गराउदै नेपालमा बिदेश बाट फर्केका युवाहरुलाई वडा बाट बिभिन्न कार्यक्रमहरु मार्फत समेटिदै आएको बताए । वडा बट सम्पादन हुने बिभिन्न योजनाहरु देखि उपभोक्ता समितिहरुमा समेत बिदेशबाट फर्केका युवाहरु बसेर कामहरु गरिरहेको वडा अध्यक्षले बताए । वडा अध्यक्ष रानाभाटले छिटै वडा भित्र रहेका बिदेश बाट फर्केका युवाहरु संग छलफल अन्र्तक्रिया कार्यक्रम गरिने जानकारी गराउनु भयो । वडा कार्यलय र सिभिस टिम संग मिलेर बैदेशिक रोजगार बाट फकिएका युवाहरु संग वडाले छलफल गर्न तयारी गर्ने अध्यक्ष रानाभाटले बताए । बिदेशबाट फर्केका र बिदेशमा रहेका परिवारको लागि योजना बनाउनको लागि वडा सरकार तयार रहेको वडा अध्यक्ष रानाभाटले छलफलमा बताए ।
वडा कार्यालयमा भएको छलफल कार्यक्रममा ८ बर्ष रोजगारीको लागि बिदेशमा बसेर आउनु भएका बसन्त बस्नेतले बिदेशबाट फर्केका र बिदेश जाने युवाहरुको लागि सचेतना मुलक छलफल राम्रो भएको बताए । धेरै जसो नेपाली युवाहरु बिदेश लहलहैमा जाने गरिएको कारण अबको दिनमा बिदेश जाने जोकोहिले राम्रो संग बुझेर मात्र जान पाईयो भने दुख नपाउने बस्नेतले बताए । वडामा भएको यस्तो छलफल बाट धेरै कुराहरुमा जानकारी मिल्ने भए पछि युवाहरुको लागि यस्तो कार्यक्रम राम्रो भएको बस्नेतले बताए । धुलिखेल नगरपालिका वडा नं ९ का स्थानिय इन्द्र बहादुर गौतमले युवाहरु संग वडामा भएको छलफलले धेरै जानकारी हरु पाएको बताए । वडामा भएको बेदेशिक रोजगार बारेको छलफलमा गौतमले युवाहरुको बिषयमा वडाले योजना बनाएर अघि बढ्नु पर्ने बताए । युवाहरुलाई बिदेशको नाममा जो कोहि बाट भईरहेको ठगि बारे राज्य जिम्मेवार हुनु पर्ने स्थानिय युवा दिपक रोकाले बताए । छलफलमा बैदेशिक रोजगार बाट फर्केका युवा नारायण लामाले बिदेश जान चाहने युवाहरुलाई स्थानिय स्तरमै शिप सिक्नको लागि बातावरण मिलाउनुपर्ने जोड् दिए । बैदेशिक रोजगारमा जानेका परिवारहरुलाई समेत वडाले बिभिन्न कार्यक्रमहरु मार्फत समिटेनुपर्ने लामाले जोड् दिए । सिभिस एक्सन टिमको तर्फबाट रोजन तामाङले बेदेशिक रोजगारको क्षेत्रमा लागेका युवाहरुको बिषयमा स्थानिय सरकार जिम्मेवार भएर लाग्नुपर्ने जोड् दिए । बिदेश बाट फर्केका युवाहरु र बिदेशमा रहेका परिवारहरुले के कस्तो खालको समस्यहरु भोग्नु परेको छ वडामा बिदेश जानेहरुको संख्य कति छन् बिदेशबाट फर्केका युवाहरुले वडा सरकार बाट के गरियोस भन्ने मागहरु आएकाछन् भन्ने बिषयहरुमा धुलिखेल नगरपालिका वडा नं ९ को वडा कार्यलयमा छलफल गरिएको थियो ।
- न्युज काभ्रे संवाददाता