Breaking News
काभ्रेको बनेपा-३ स्थित बासुकी स्थानमा निर्मित शिव मूर्तिको प्राण प्रतिष्ठा गरिएको छ ।    ||     अमित लामाको चुनावी एजेन्डा :पाँच वर्षमा जनहितका कानुन निर्माणदेखि युवाको मुद्दाको उठानसम्म    ||     फागुन २१ मा हुने निर्वाचनका लागि काभ्रे क्षेत्र नं २ बाट गोकुल बास्कोटाको एकल नाम सिफारिस    ||     पत्रकार महासंघ काभ्रेपलान्चोकले आफ्नो ३३औं स्थापना दिवस मनाइयो    ||     चाइनिजहरुले निर्माण गरेको हिमालयन रिम फिल्म काठमाडौं विश्वविद्यालयमा प्रदर्शनी    ||     अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्कीलाई बनाउने सहमति    ||     प्रेस चौतारी काभ्रेको अक्षयकोषमा एमाले केन्द्रिय सदस्य रेशम लामाले गरे रु.एक लाख एक हजार आर्थिक सहयोग    ||     स्वास्थ्य सेवामा सहुलियतका लागि पत्रकार महासंघ काभ्रे र CWC बनेपाबीच समझदारी    ||     आज खिर खाएर साउन १५ मनाइँदै    ||     नक्कली सरकारी कागजात र छाप बनाउने गिरोह धुलिखेलबाट पक्राउ    ||    

जन्मदिनमा सेवा घरमा सेवा गर्दै

  ४ वर्ष अघि | १९ असार २०७९, आइतवार
न्युज काभ्रे संवाददाता

बनेपा÷पत्रकार नवराज बजगाईले बिगत वर्षहरुमा जस्तै यो साल पनि काभ्रेको धुलिखेल–१२, मा मानव कल्याण समाजले सञ्चालन गरेको ‘सेवा घर’का बृद्धबृद्धा र असहायलाई खाद्यान्न र लत्ता कपडाहरु हस्तान्तरण गरेर आफ्नो जन्म दिन मनाउनु भएको छ ।
पत्रकार महासंघ काभ्रे र प्रेस चौतारी काभ्रेका सल्लाहकार, नव क्षितिज साप्ताहिकका प्रकाशक÷प्रधान सम्पादक र राम्रो सन्देश डट कमका प्रधान सम्पादक रहेका बजगाईले शनिबार (असार १८ गते) आफ्नो र असार २२ गते धर्मपत्नी तारा भट्टराईको जन्मदिनको अवसर पारी धुलिखेलमा रहेको मानव कल्याण समाज (सेवा घर) को शाखा कार्यालयमा रहेका बृद्धबृद्धा र असाहयलाई खाना खुवाएसंगै खाद्यान्न र लत्ता कपडाहरु सहयोग गर्नुभएको हो । उहाँले गत वर्षहरुमा पनि सेवा घर र काभ्रेमा रहेका बिभिन्न आश्रमहरुमा सहयोग गर्दै आउनु भएको छ ।
धेरै सहयोग गर्न नसकेपनि जे जती सकियो तेति सहयोग गर्दा समाजका अरुले पनि देखेर यसैगरी सामाजिक कार्यमा लाग्न सक्ने भन्दै आफुले प्रत्येक जन्मोत्सव र एनिभर्सरी यसरी नै सामाजिक कार्य गरी मनाउने गरेको पत्रकार बजगाईले बताउनुभयो ।
आफुलाई जन्मदिने बुबा आमा नभएपनि सेवा घरमा रहेका बृद्धबृद्धालाई भेट्दा बुबा आमाको न्यास्रो मेटिनुका साथै मातृ प्रेमको आभास मिल्ने गरेको उहाँको भनाइ थियो । असहायको साथ र बृद्धबृद्धालाई सम्मान गर्दा उनिहरुको मार्गदर्शनले जीवनलाई सहि निर्देश गर्ने भएकाले मन्दिर गएर पूजा गर्नु भन्दा आश्रममा रहेकाहरुलाई सहयोग गर्दा बढी धर्म र कर्तव्य निर्वाह हुने हुदाँ आफुले सकेको सहयोग जारी राख्ने बजगाईले बताउनुभयो ।
उहाँले सेवा घरकी अभियान्ता सुस्मिता श्रेष्ठलाई चामल, आटा, दाल, तेल, नुन, जिरा मसला, चिनी, चियापती, गेडागुडी, चिउरा, मस्यौरा, साबुन, डेटोल, फलफुल, जुस, बिस्कुटसहित खाद्यान्न र लत्ता कपडाहरु हस्तान्तरण गर्नुभएको हो । सामग्री बुझ्दै सेवा घरकी अभियान्ता सुस्मिता श्रेष्ठले यस्ता सहयोगी कै कारण सेवा घर असाहयको साहारा बन्न सकेको बताउनु भयो ।
सार्वजनिक स्थलहरुमा कष्टकर जीवन बिताउन बाध्य पिडितहरुको सेवाको लागि ५ वर्षअधि मानव कल्याण समाजको शाखा कार्यालय घुलिखेलमा खुलेको थियो । जहाँ सडक तथा सार्वजनिक स्थलमा कष्टकर जिवन बिताउन बाध्य भएकालाई उद्धार गरी व्यवस्थापन गर्ने गरिएको मानव कल्याण समाजकी अध्यक्ष सुमित्रा चौलागाईले बताउनु भयो ।

  • न्युज काभ्रे संवाददाता

थप