Breaking News
काभ्रेको बनेपा-३ स्थित बासुकी स्थानमा निर्मित शिव मूर्तिको प्राण प्रतिष्ठा गरिएको छ ।    ||     अमित लामाको चुनावी एजेन्डा :पाँच वर्षमा जनहितका कानुन निर्माणदेखि युवाको मुद्दाको उठानसम्म    ||     फागुन २१ मा हुने निर्वाचनका लागि काभ्रे क्षेत्र नं २ बाट गोकुल बास्कोटाको एकल नाम सिफारिस    ||     पत्रकार महासंघ काभ्रेपलान्चोकले आफ्नो ३३औं स्थापना दिवस मनाइयो    ||     चाइनिजहरुले निर्माण गरेको हिमालयन रिम फिल्म काठमाडौं विश्वविद्यालयमा प्रदर्शनी    ||     अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्कीलाई बनाउने सहमति    ||     प्रेस चौतारी काभ्रेको अक्षयकोषमा एमाले केन्द्रिय सदस्य रेशम लामाले गरे रु.एक लाख एक हजार आर्थिक सहयोग    ||     स्वास्थ्य सेवामा सहुलियतका लागि पत्रकार महासंघ काभ्रे र CWC बनेपाबीच समझदारी    ||     आज खिर खाएर साउन १५ मनाइँदै    ||     नक्कली सरकारी कागजात र छाप बनाउने गिरोह धुलिखेलबाट पक्राउ    ||    

चेपाङ बालबालिकाको भगवान् बने :बिष्णु गौतम

  ४ वर्ष अघि | १६ भदौ २०७९, बिहिबार
न्युज काभ्रे संवाददाता

काभ्रे ।  काभ्रेपलान्चोक जिल्ला चौरी देउराली गाउँपालिका वडा नं ४  स्थित धुशेनी शिवालयको गुमटीमा ५९ जना बालबालिका हरुलाई माध्यमिक तहको शिक्षाका लागि लक्ष्मी प्रतिष्ठानले संरक्षण गरि शिक्षा दीक्षा  प्रदान गर्दै आएको छ।

आफ्ना दुई छोरा कुमार र बलरामलाई नौं महिनाको फरकमा सडक दुर्घटनामा गुमाउनु पर्दाको पिडालाई शक्तिमा रुपान्तरण गर्दै लक्ष्मि प्रतिष्ठान स्थापना गरिएको संस्थाका अध्यक्ष बिष्णु गौतमले जानकारी दिनुभयो ।

उहाँ भन्नुहुन्छ दुई छोरा नौं महिनाको अन्तरमा दुर्घटना हुनु दुवै छोरा गुमाउनु  भगवान्  ले हिसाब मिलाएको हो ।

म पैसा कमाउने उद्देश्यले अभिप्रेरित भएर धेरै धन आर्जन पनि गरे तर अहिले जिरो छु। दाताहरूको सहयोगीले कुमार बलराम छात्रावास चलाइरहेको छु। मलाई भगवान् ले  पुर्‍याउनु भएको छ। काभ्रेको चौरीदेउरालिमा ५९ चितवन जिल्लाको राप्ती १३ कान्दामा १ सय ३७ जना बालबालिकाहरु लक्ष्मि प्रतिष्ठानमा  संरक्षित छन् ।


‘कान्दामा माध्यमिक विद्यालय छैन, शिक्षाबाट बञ्चित बालबालिकाहरुलाई संस्कार, ब्यवहार , सीप सहितको शिक्षा, स्वास्थ्य, स्वाभिमानमा  आत्मनिर्भरका लागि ब्यवसायीक तालिम, स्वालम्वन सहित सक्षम बनाउने अभियान निरन्तर जारी रहेको  छ।

कान्दामा पुग्दा त्यहाँ रहेका चेपाङ्ग समुदायका बालबालिकाहरु शिक्षबाट बञ्चित भएको देखेर शुरु भएको अभियान निरन्तर छ ।’ कुमार बलराम स्मृति छात्राबासमा अध्ययन गरिरहेका बालबालिकाहरु अधिकांश चेपाङ्ग समुदायका रहेको बिष्णु गौतमले जानकारी दिनुभयो ।


अधिकांश बालबालिकाहरु आफुलाई बुबा भनेर सम्बोधन गर्ने हुदा म चेपाङ बालबालिकाको बुबा भएर सेवा गरिरहेको छु।

भाषा, समुदायका थुप्रै समस्याहरुलाई चिर्दै प्रतिष्ठानले कक्षा ७ अध्ययन गरिसकेका बालबालिकाहरुलाई काभ्रेमा ल्याई छात्राबासमा राखेर माध्यमिक तहको शिक्षा प्रदान गरिरहेको प्रतिष्ठानले बालबालिकाहरुलाई शिक्षासँगै स्वावलम्वन र आत्मनिर्भर बनाई रहेको छ । छात्राबासमा बसिरहेका बालबालिकाहरु शिक्षासँगै अतिरिक्त कृयाकलापमा पनि उत्तिक्कै सिपालु  छन् ।




आफुलाई बदलेर मात्रै अरुलाई बदल्न सकिने अभियान नै बनाएर लागेका छन् । सांस्कृतिक तथा अतिरिक्त कृयाकलापमा पनि अब्बल बालबालिकाहरुलाई प्रतिष्ठानले स्थानीय सरस्वती माध्यमिक विद्यालयमा अध्यापन गराईरहेको छ । कक्षा १२ मा ५ जना बालबालिकहरु पढिरहेका छन् भने कक्षा ११ मा ११, कक्षा ९ मा १८ जना, कक्षा ८ मा १८ जना, कक्षा ७ मा ५ जना, कक्षा ६ मा १ जना र कक्षा ४ मा दुई जना छन् । ‘कपाल काट्ने, कृषि ब्यवसाय, ब्रेड उत्पादन, पशुपालन, वाईरियङ्ग, टेलरिङ्ग, फर्निचर लगायतका विषयमा तालिम प्राप्त भएको छ ।


‘बालबालिकाहरुले सबै प्रकारका तरकारीहरु उत्पादन गरिरहेका छन्’–छात्राबास इन्चार्ज विपना भुर्तेलले भन्नुभयो–‘बालबालिकाहरुलाई शिक्षासँगै सिप र ब्यवसायीक तालिम प्रदान गरिरहेका छौं ।’ तरकारी उत्पादनसँगै बालबालिकाहरुले पुशपालनमा समेत ध्यान दिएका छन् । विहान ५ बजे देखि राति ९ बजेसम्मको कार्यसम्पादनको सूची अनुसार बालबालिकाहरु अध्ययन तथा अतिरिक्त कृयाकलापमा समेत सहभागि हुन्छन् । सरस्वती माध्यमिक विद्यालयमा अध्ययन गर्ने अन्य बालबालिकाहरु भन्दा अब्बल देखिएको छात्रावास इन्चार्ज विपना भुर्तुेलले बताउनुभयो  । 


  • न्युज काभ्रे संवाददाता

थप