Breaking News
काभ्रेको बनेपा-३ स्थित बासुकी स्थानमा निर्मित शिव मूर्तिको प्राण प्रतिष्ठा गरिएको छ ।    ||     अमित लामाको चुनावी एजेन्डा :पाँच वर्षमा जनहितका कानुन निर्माणदेखि युवाको मुद्दाको उठानसम्म    ||     फागुन २१ मा हुने निर्वाचनका लागि काभ्रे क्षेत्र नं २ बाट गोकुल बास्कोटाको एकल नाम सिफारिस    ||     पत्रकार महासंघ काभ्रेपलान्चोकले आफ्नो ३३औं स्थापना दिवस मनाइयो    ||     चाइनिजहरुले निर्माण गरेको हिमालयन रिम फिल्म काठमाडौं विश्वविद्यालयमा प्रदर्शनी    ||     अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्कीलाई बनाउने सहमति    ||     प्रेस चौतारी काभ्रेको अक्षयकोषमा एमाले केन्द्रिय सदस्य रेशम लामाले गरे रु.एक लाख एक हजार आर्थिक सहयोग    ||     स्वास्थ्य सेवामा सहुलियतका लागि पत्रकार महासंघ काभ्रे र CWC बनेपाबीच समझदारी    ||     आज खिर खाएर साउन १५ मनाइँदै    ||     नक्कली सरकारी कागजात र छाप बनाउने गिरोह धुलिखेलबाट पक्राउ    ||    

६५० जरिवाना तोकिएका दुई जना फरार अभियुक्त २५ बर्षपछि पक्राउ

  ४ वर्ष अघि | ३० साउन २०७९, सोमवार
न्युज काभ्रे संवाददाता

धुलिखेल- अदालतको आदेश अनुसार ६५० रुपैयाँ जरिवाना नतिरी २०५४ सालदेखि फरार दुईजना अभियुक्त पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय काभ्रेले  काभ्रेको भुम्लु गाउँपालिका वडा नं ४ का ५४ वर्षीय चित्रबहादुर धनवहादुर पहरी भन्ने दिलबहादुर पहरी र सोही ठेगानाकी ५१ वर्षीय बिना पहरीलाई पक्राउ गरेको हो । उनीहरूलाई भुम्लु गाउँपालिका ४ बाट पक्राउ गरेर आजै फैसला कार्यान्वयनका लागि जिल्ला अदालत पेश गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

दुबैजनाबिरुद्ध कुटपिटको मुद्दामा जिल्ला अदालत काभ्रेले २०५४ जेठ २० गते जनही ६५० रुपैयाँ जरिवानाको फैसला गरेको थियो ।

 जिल्ला अदालतबाट कैद तथा जरीवाना ठहर भई फरार रहेका प्रतिवादीहरुको खोजतलास गरी फैसला कार्यन्वयन गर्न, दण्डहिनताको अन्त्य र कानूनी तथा विधिको शासन स्थापित गर्ने उद्धेश्यलाई जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले प्राथमिकतामा राखि सोहि अनुरुप कार्यन्वयन गर्ने क्रममा पछिल्लो समय फरार अभियुक्त पक्राउको क्रम तीब्र बनाएको छ ।

यसैगरी सवारी ज्यान मुद्दामा २९ दिन कैद तोकिएका सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका २ का २७ वर्षका लक्ष्मण भारती र बहुविवाह मुद्दामा १ बर्ष ३ महिना कैद तथा १० हजार रुपैयाँ जरिवाना तोकिएकि रोशी गाउँपालिका ९ कि ३७ वर्षीय रश्मि लामा थिङ पक्राउ परेकी छन् । 

  • न्युज काभ्रे संवाददाता

थप