Breaking News
काभ्रेको बनेपा-३ स्थित बासुकी स्थानमा निर्मित शिव मूर्तिको प्राण प्रतिष्ठा गरिएको छ ।    ||     अमित लामाको चुनावी एजेन्डा :पाँच वर्षमा जनहितका कानुन निर्माणदेखि युवाको मुद्दाको उठानसम्म    ||     फागुन २१ मा हुने निर्वाचनका लागि काभ्रे क्षेत्र नं २ बाट गोकुल बास्कोटाको एकल नाम सिफारिस    ||     पत्रकार महासंघ काभ्रेपलान्चोकले आफ्नो ३३औं स्थापना दिवस मनाइयो    ||     चाइनिजहरुले निर्माण गरेको हिमालयन रिम फिल्म काठमाडौं विश्वविद्यालयमा प्रदर्शनी    ||     अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्कीलाई बनाउने सहमति    ||     प्रेस चौतारी काभ्रेको अक्षयकोषमा एमाले केन्द्रिय सदस्य रेशम लामाले गरे रु.एक लाख एक हजार आर्थिक सहयोग    ||     स्वास्थ्य सेवामा सहुलियतका लागि पत्रकार महासंघ काभ्रे र CWC बनेपाबीच समझदारी    ||     आज खिर खाएर साउन १५ मनाइँदै    ||     नक्कली सरकारी कागजात र छाप बनाउने गिरोह धुलिखेलबाट पक्राउ    ||    

चौंरीदेउराली गापा अध्यक्ष चौंलागाईंलाई एम्बुलेन्स हस्तान्तरण

  ४ वर्ष अघि | २० असार २०७९, सोमवार
न्युज काभ्रे संवाददाता

काभ्रे ।जिल्लाको चौंरीदेउराली गाउँपालिकालाई एम्बुलेन्स हस्तान्तरण गरेको छ । नेपाल–भारत मैत्री विकास साझेदारी कार्यक्रम अन्तर्गत पालिकालाई एम्बुलेन्स उपहार स्वरुप एक कार्यक्रमका बीच हस्तान्तरण गरेको हो ।

एम्बुलेन्स गाउँपालिका अध्यक्ष रेणुका चौंलागाईंलाई आइतबार हस्तान्तरण गरिएको थियो । पालिकाको जनताको स्वास्थ्यलाई ध्यानमा राख्दै एम्बुलेन्सको लागि निवर्तमान अध्यक्ष दिननाथ गौतम र वर्तमान अध्यक्ष चौंलागाईंले पहल गरेकी थिइन् ।
काभ्रेको विकट क्षेत्र भनेर चिनिने कोशीपारीको चौंरीदेउराली गाउँपालिकाका जनतालाई एम्बुलेन्सको अपुग भएपछि निवर्तमान अध्यक्ष गौतम र वर्तमान अध्यक्ष चौंलागाईंले पहल गरेका थिए । ‘गाउँपालिकामा भएको एम्बेलेन्सले मात्र जनताको सेवा गर्न निक्कै कठिन थियो । भौगोलिक विकटताले गर्दा विरामी जनतालाई सेवा दिन गाह्रो थियो ।’ अध्यक्ष चौंलागाईंले भनिन्, ‘अब नयाँ एम्बुलेन्स पाएपछि ठूलै राहत मिलेको छ । एम्बुलेन्सको अभावकै कारण अब जनताले स्वास्थ्य उपचारबाट बञ्चिन हुनुपर्दैन ।’
उनले एम्बुलेन्सको लागि विशेष पहल गर्ने अर्थमन्त्री जनार्दन शर्मा र निवर्तमान अध्यक्ष गौतमलाई धन्यवाद दिएकी छिन् ।

  • न्युज काभ्रे संवाददाता

थप