Breaking News
काभ्रेको बनेपा-३ स्थित बासुकी स्थानमा निर्मित शिव मूर्तिको प्राण प्रतिष्ठा गरिएको छ ।    ||     अमित लामाको चुनावी एजेन्डा :पाँच वर्षमा जनहितका कानुन निर्माणदेखि युवाको मुद्दाको उठानसम्म    ||     फागुन २१ मा हुने निर्वाचनका लागि काभ्रे क्षेत्र नं २ बाट गोकुल बास्कोटाको एकल नाम सिफारिस    ||     पत्रकार महासंघ काभ्रेपलान्चोकले आफ्नो ३३औं स्थापना दिवस मनाइयो    ||     चाइनिजहरुले निर्माण गरेको हिमालयन रिम फिल्म काठमाडौं विश्वविद्यालयमा प्रदर्शनी    ||     अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्कीलाई बनाउने सहमति    ||     प्रेस चौतारी काभ्रेको अक्षयकोषमा एमाले केन्द्रिय सदस्य रेशम लामाले गरे रु.एक लाख एक हजार आर्थिक सहयोग    ||     स्वास्थ्य सेवामा सहुलियतका लागि पत्रकार महासंघ काभ्रे र CWC बनेपाबीच समझदारी    ||     आज खिर खाएर साउन १५ मनाइँदै    ||     नक्कली सरकारी कागजात र छाप बनाउने गिरोह धुलिखेलबाट पक्राउ    ||    

काभ्रेमा आज बक्सिङ खेल हुदै

  ५ वर्ष अघि | १० चैत्र २०७८, बिहिबार
न्युज काभ्रे संवाददाता

धुलिखेल ।बागमती प्रदेश खेलकुद मन्त्रालय र प्रदेश खेलकुद बिकास परिषद को आयोजनामा प्रदेश स्तरीय खेलकुद प्रतियोगिताले बागमती प्रदेश खेलमय बनेको छ । काभ्रे जिल्लाको सदरमुकाम धुलिखेलमा प्रदेशस्तरिय खेलकुद प्रतियोगीता संचालन भईरहेको छ । विभिन्न चरणमा प्रदेशले आयोजना गरेको कार्यक्रममा काभ्रेले चैत्र ७ गतेदेखि ९ गतेसम्म महिला फुटबल, ९ गतेदेखि १० गते बक्सिङ र ११ गते समापन कार्यक्रम संचालन गर्ने छ ।


हिजो काभ्रेमा भएको उत्घाटन समारोहको संचालन अध्यक्ष लामाले गरेका थिए । लामाले जिल्लामा प्रतियोगिता राख्नका लागि सहमति जुटाउन जटिल हुदाको स्थितिमासमेत प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुखसँग अनुमति लिई प्रतियोगिता संचालनको व्यवस्थापन गरेका हुन् । जिल्ला खेलकुद विकास समितिमा हाल मानविर लामाको नेतृत्व रहेको छ । उत्घाटन समारोह कार्यक्रम अध्यक्ष लामाले संचालन गरेका हुन् ।


प्रतियोगिताको बक्सिङ खेलको उदघाटनमा नेपाल ओलम्पिक कमिटीको सह-महासचिव पितम्बर तिमिल्सिना प्रमुख अतिथिको रहनुभएको थियो भने विशेष अतिथिमा बागमती प्रदेश खेलकुद बिकास परिषद को सदस्य सचिब सुर्यलाल भण्डारी रहनुभएको थियो । नेपाल बक्सिङ संघ को केन्द्रिय अध्यक्ष राम अवाले, काभ्रे जिल्ला प्रशासन प्रमुख हुमाकला पान्डे ज्यु, नेपाली सेनाको प्रमुख मिलन थापा , जिल्ला प्रहरी कार्यालय प्रमुख चक्रराज जोशी ,जिल्ला सशस्त्र प्रहरी प्रमुख सुरेन्द्र बुढाथोकी , जिल्ला अनुसन्धान प्रमुख नगेन्द्र दाहाल , बागमती खेलकुद परिषद को सदस्य धन कुमार मैनालीहरुको अतिथित्यता उत्घाटन कार्यक्रममा रहेको थियो ।


आज धुलिखेलमा बक्सिङ प्रतियोगिता संचालन भईरहेको छ । प्रतियोगितामा ८ जिल्लाका खेलाडिहरुबिच प्रतिश्पर्दा हुने छ । हिजो भएको महिला फुठबल प्रतियोगिताको पहिलो खेलमा सिन्धुली र सिन्धुपाल्चोकको खेलाडिहरुबिच भएको थियो । दोस्रो खेल मकवानपुर र रामेछापका खेलाडिहरुबिच भएको थियो । पहिलो खेलमा सिन्धुलिले २ गोल हान्दै बिजयी भएको थियो भने पराजय बेहोर्ने सिन्धुपाल्चोक टिमले १ गोल गरेको थियो । दोस्रो खेलमा मकवानपुर टिमले ५ गोल गर्दै जित हाशिल गर्दा पराजय हुने टिम रामेछापले एक गोल पनि गर्न सकेनन् । बाकिँ खेल आज दोलखा र चितवनको र काठमाण्डै र धादिङको हुने छ ।


चैत्र ११ गते सेमि फाईनल र फाईनल १२ गते हुने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मानविर लामाले जानकारी दिए ।

  • न्युज काभ्रे संवाददाता

थप