Breaking News
काभ्रेको बनेपा-३ स्थित बासुकी स्थानमा निर्मित शिव मूर्तिको प्राण प्रतिष्ठा गरिएको छ ।    ||     अमित लामाको चुनावी एजेन्डा :पाँच वर्षमा जनहितका कानुन निर्माणदेखि युवाको मुद्दाको उठानसम्म    ||     फागुन २१ मा हुने निर्वाचनका लागि काभ्रे क्षेत्र नं २ बाट गोकुल बास्कोटाको एकल नाम सिफारिस    ||     पत्रकार महासंघ काभ्रेपलान्चोकले आफ्नो ३३औं स्थापना दिवस मनाइयो    ||     चाइनिजहरुले निर्माण गरेको हिमालयन रिम फिल्म काठमाडौं विश्वविद्यालयमा प्रदर्शनी    ||     अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्कीलाई बनाउने सहमति    ||     प्रेस चौतारी काभ्रेको अक्षयकोषमा एमाले केन्द्रिय सदस्य रेशम लामाले गरे रु.एक लाख एक हजार आर्थिक सहयोग    ||     स्वास्थ्य सेवामा सहुलियतका लागि पत्रकार महासंघ काभ्रे र CWC बनेपाबीच समझदारी    ||     आज खिर खाएर साउन १५ मनाइँदै    ||     नक्कली सरकारी कागजात र छाप बनाउने गिरोह धुलिखेलबाट पक्राउ    ||    

बनेपा आधारभूत विद्यालयलाई अनिला कायस्थको सहयोग

  २ वर्ष अघि | १८ फाल्गुन २०८१, आइतवार
न्युज काभ्रे

बनेपा । काभ्रे जिल्ला बनेपा नगरपालिका वडा नं. ७ की समाजसेवी अनिला कायस्थले पिताको स्मृतिमा बिद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेकी छिन् । स्वर्गिय पिता रामचन्द्र कायस्थाको १७ औँ बार्षिक पुण्य तिथिको अवसरमा शैक्षिक सामग्री वितरण गरेकी हुन् । 

आईतबार बनेपा नगरपालिका वडा नं. ५ मा अवस्थित श्री बनेपा आधारभूत विद्यालयमा अध्यायनरत १२० जना विद्यार्थीहरुका लागि शैक्षिक सामग्री वितरण गरेका थिए । बुबाको वार्षिक पुण्य तिथिको अवसरमा स्कुलमा स्टेसनरीहरु कापी १४४० थान, पेन्सिल १०४० थान, बलपेन ३०० थान, पेन्सिल कटर १७० थान र ईरेजर ९० थान गरि विभिन्न प्रकारका सामाग्रीहरु सहयोग गरेकी हुन् । बुबाको पुण्य तिथिको अवसरमा स्कुलमा सानो सहयोग गर्न पाउँदा खुशी प्राप्त भएको समाजसेवी कायस्थले बताईन् । स्वर्गिय पिता रामचन्द्र पनि समाजसेवी भएकाले पिताको आत्माले शान्ति मिलोस भन्ने हेतुले सहयोग गर्दै आएको अनिलाले बताईन् । यदी स्वर्गबाट पिताले हेरिरहेको भए अवश्य खुसी हुनेमा उनको विश्वास छ ।    बनेपा नगरपालिका वडा नं. ५ का वडाध्यक्ष बलराम अधिकारीको प्रमुख आतिथ्यतामा एक कार्यक्रमको आयोजना गरी कायस्थले शैक्षिक सामग्री वितरण गरेकी थिईन् । उक्त कार्यक्रममा वडाध्यक्ष अधिकारीले ‘धन हुनेको मन हुदैन, मन हुनेको धन हुदैन’ भन्ने भनाईलाई मिथ्य सावित गर्दै धन र मन दुबै भएको व्यक्ति अनिला कायस्थ भएको बताए । ‘बुढापाकाले धन हुनेको मन हुदैन भन्थ्यो तर आज यो पनि थाहा भो की धन हुनेको मन पनि हुन्छ भन्ने कुरा कायस्थले सावित गरेको छ ।’ वडाध्यक्षले भने, ‘पित्रीलाई सम्झन कसैले श्राद्ध गर्छन् तर त्यो भन्दा अझ बढी पुण्य यसरी सहयोग गर्दा मिल्नेछ ।’ उनले कायस्थलाई धन्यवाद व्यक्त गर्दै शैक्षिक सामग्री वितरणको लागि सहि विद्यालय छनौट गरेको उनको भनाई छ ।

शैक्षिक सामग्री वितरण गर्न आफ्‌नो विद्यालय छनौट गरेर सहयोग गरेकोमा समाजसेवी कायस्थलाई विद्यालयकी प्रधानाध्यापक मिना कुमारी सेढाईले धन्यवाद व्यक्त गरिन् । बन्द हुने अवस्थामा रहेको विद्यालयलाई हरेक दुःख गरेर अहिलेको अवस्थामा ल्याएको बताउदै सरोकारवालाहरुलाई पनि धन्यवाद व्यक्त गरेकी थिईन् । अहिले विद्यालयमा १५० जना भर्णा भएकोमा १२३ जना विद्यार्थी नियमित आउने सेढाईले बताईन् । 

कायस्थले यस अघि आफ्नो आमा/बुबाको वार्षिक पुण्य तिथिको अवसरमा जिल्लाका विभिन्न सामाजिक संघ संस्था तथा विद्यालयहरुलाई बिभिन्न सहयोग गर्दै आएकी छिन् ।

विद्यालयमा अध्यायनरत विद्यार्थीहरुलाई शैक्षिक सामग्री सहयोग गरेको भन्दै विद्यालयले समाजसेवी कायस्थलाई सम्मान गरेका छन्‌ । दोसल्लासहित सम्मानपत्रले समाजसेवी कायस्थलाई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पशुपति अवा, वडाध्यक्ष अधिकारी र प्रधानाध्यापक सेढाईद्वारा सम्मान गरेका हुन् ।

उक्त विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पशुपति अवाको सभापतित्वमा भएको कार्यक्रममा बनेपा नगरपालिका वडा नम्बर ५ का वडाअध्यक्ष बलराम अधिकारी, समाजसेवी एव नेपाल समाजवादी पार्टीका केन्द्रिय प्रचार बिभाग प्रमुख सबर कुमार प्रजापति, समाजसेवी कायस्थका छोरीहरु एलिना श्रेष्ठ, अलिशा श्रेष्ठ, अभिलाशा श्रेष्ठ, नातिनीहरु एरिक मोक्तान र एफ्रिन प्रजापति लगाएतको उपस्थितिमा स्टेसनरी सामाग्री हस्तान्तरण गरेकी हुन् ।

  • न्युज काभ्रे

थप