Breaking News
काभ्रेको बनेपा-३ स्थित बासुकी स्थानमा निर्मित शिव मूर्तिको प्राण प्रतिष्ठा गरिएको छ ।    ||     अमित लामाको चुनावी एजेन्डा :पाँच वर्षमा जनहितका कानुन निर्माणदेखि युवाको मुद्दाको उठानसम्म    ||     फागुन २१ मा हुने निर्वाचनका लागि काभ्रे क्षेत्र नं २ बाट गोकुल बास्कोटाको एकल नाम सिफारिस    ||     पत्रकार महासंघ काभ्रेपलान्चोकले आफ्नो ३३औं स्थापना दिवस मनाइयो    ||     चाइनिजहरुले निर्माण गरेको हिमालयन रिम फिल्म काठमाडौं विश्वविद्यालयमा प्रदर्शनी    ||     अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्कीलाई बनाउने सहमति    ||     प्रेस चौतारी काभ्रेको अक्षयकोषमा एमाले केन्द्रिय सदस्य रेशम लामाले गरे रु.एक लाख एक हजार आर्थिक सहयोग    ||     स्वास्थ्य सेवामा सहुलियतका लागि पत्रकार महासंघ काभ्रे र CWC बनेपाबीच समझदारी    ||     आज खिर खाएर साउन १५ मनाइँदै    ||     नक्कली सरकारी कागजात र छाप बनाउने गिरोह धुलिखेलबाट पक्राउ    ||    

आयुर्वेद सेवाको प्रवर्द्धन गर्न पत्रकारहरु सँग अन्तरक्रिया कार्यक्रम

  २ वर्ष अघि | ७ पुस २०८१, आइतवार
न्युज काभ्रे

काभ्रे । आयुर्वेद तथा बैकल्पिक चिकित्सालय काभ्रेपलाञ्चोकले आयुर्वेद सेवाको प्रर्वद्धन गर्ने उदेश्यले संचारकर्मीहरुसँग अन्तरक्रिया गरेको छ । सेवाग्राहिहरुको बढ्दो विश्वासलाई अझै फराकिलो बनाउन आयुर्वेद तथा बैकल्पिक चिकित्सालयले खेल्नु पर्ने भूमिकाका बारेमा संचारकर्मीहरुले सुझाव दिएका थिए ।


प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले आयुर्वेद सेवा प्रभावकारी बनाउँदा नागरिकहरु लाभान्वित हुने बताए । स्थानीय तहसँगको समन्वयमा सेवालाई अझै प्रभावकारी बनाउन, सेवा नभएका स्थानमा घुम्ति सेवा संचालन गर्न र नागरिकहरुका गुनासा सम्बोधन गर्न अनुरोध गरे । जिल्ला स्थित आयुर्वेद तथा बैकिल्पक चिकित्सालयका प्रमुख डा.अर्जुन उपाध्यायले सेवा, सेवाका प्रकार र गुणस्तर, आवश्यकता तथा भएका कार्यक्रम र आगामी योजनाका बारेमा जानकारी गराएका थिए । सरकारले अघिल्लो वर्षको तुलनामा २० प्रतिशत बजेट कटौती गरिसकेको, बर्षात तथा विपत्तिका कारण थप बजेट कटौतीमा पारेको र केहि महत्वपूर्ण कार्यक्रमहरु ओझेलमा परेको भए पनि नागरिकहरुलाई सेवा प्रवाहमा अझै सक्रियताका साथ कार्यालयले समन्वय गरिरहेको डा. अर्जुन उपाध्यायले बताए ।


कार्यक्रममा बरिष्ठ बैद्य जानुका भट्टराईले योग र आयुर्वेदका अभ्यास तथा कृयाकलापहरुलाई दैनिक जीवनमा प्रयोगमा ल्याउन अनुरोध गरिन् । नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष विनोदकुमार न्यौपानेले आयुर्वेद दैनिक जीवनमा प्रयोग गर्ने गरी निर्विकल्प हुनु पर्ने बताए । सेवालाई सहज बनाउन नागरिकमैत्री सेवालाई तल्लो तहसम्म पु¥याउनु पर्ने अध्यक्ष न्यौपानेले बताए । कार्यक्रम कविराज निरिक्षक प्रताप लामाले संचालन गरेका थिए । कार्यक्रममा जिल्लामा कार्यरत संचारकर्मीहरुले विभिन्न विषयमा राखेका जिज्ञासाका बारेमा प्रमुख उपाध्यायाले प्रस्ट्याएका थिए ।

  • न्युज काभ्रे

थप