काभ्रे । तेमाल गाउपालिका वडा नं ३ कुन्डोल भन्ने ठाउँमा धार्दिङ बाट बिबाहाको जन्ति पुराएर फर्कने क्रममा ना ४ ख ८८१७ खाली बस ट्रनिङमा व्याग गर्ने क्रममा सडक बाट २०० मिटर तल खस्दा तेमाल गा.पा १ बस्ने बर्ष ५० को राम सिङ तामाङ घटना स्थलमा मृत्यु भएको हो। चालक मकवानपुर जिल्ला बागमति गा.पा बस्ने बर्ष ५०को कृष्ण ब्लोन गम्भिर घाईते भई उपचारको लागी धुलीखेल अस्पताल पठाईएको प्रहरीले जनाएको छ।
- न्युज काभ्रे