Breaking News
काभ्रेको बनेपा-३ स्थित बासुकी स्थानमा निर्मित शिव मूर्तिको प्राण प्रतिष्ठा गरिएको छ ।    ||     अमित लामाको चुनावी एजेन्डा :पाँच वर्षमा जनहितका कानुन निर्माणदेखि युवाको मुद्दाको उठानसम्म    ||     फागुन २१ मा हुने निर्वाचनका लागि काभ्रे क्षेत्र नं २ बाट गोकुल बास्कोटाको एकल नाम सिफारिस    ||     पत्रकार महासंघ काभ्रेपलान्चोकले आफ्नो ३३औं स्थापना दिवस मनाइयो    ||     चाइनिजहरुले निर्माण गरेको हिमालयन रिम फिल्म काठमाडौं विश्वविद्यालयमा प्रदर्शनी    ||     अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्कीलाई बनाउने सहमति    ||     प्रेस चौतारी काभ्रेको अक्षयकोषमा एमाले केन्द्रिय सदस्य रेशम लामाले गरे रु.एक लाख एक हजार आर्थिक सहयोग    ||     स्वास्थ्य सेवामा सहुलियतका लागि पत्रकार महासंघ काभ्रे र CWC बनेपाबीच समझदारी    ||     आज खिर खाएर साउन १५ मनाइँदै    ||     नक्कली सरकारी कागजात र छाप बनाउने गिरोह धुलिखेलबाट पक्राउ    ||    

रोशीका जनप्रतिनिधिलाई आयुर्वेद जीवनशैली एवं योग शिक्षा कार्यक्रम

  ५ वर्ष अघि | १ चैत्र २०७८, मङ्लबार
न्युज काभ्रे संवाददाता

काभ्रे :  जिल्लाका रोशी गाउँपालिकाका जनप्रतिनिधिलाई आयुर्वेद जीवनशैली एवं योग शिक्षा कार्यक्रम सञ्चालन गरिएको छ ।

मेरो स्वास्थ्य मेरो जिम्मेवारी अभियान अन्तर्गत रोशी गाउँपालिकाका जनप्रतिनिधिसँग आयुर्वेद जीवनशैली एवं योग शिक्षा कार्यक्रम सञ्चालन गरेको होे। जिल्ला आयुर्वेद केन्द्र बनेपा काभ्रेको समन्वय एवं प्राविधिक सहयोगमा रोशी गाउँपालिका आयुर्वेद शाखा, मंगलटार आयुर्वेद औषधालयले सो कार्यक्रमको आयोजना गरेको हो ।

उक्त कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष लामाले आयुर्वेद सेवा तथा मेरो स्वास्थ्य मेरो जिम्मेवारी अभियानलाई पालिकामा व्यापक गर्ने, जडिबुटी एवं आयुर्वेदलाई उत्पादनसँग जोडि अगाडि बढाउने र पालिकालाई आयुर्वेद मैत्री पालिका बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

कार्यक्रममा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका कार्यालय प्रमुख डा.मनोज कुमार चौधरी तथा वरिष्ठ कविराज निरीक्षक रमेश प्रसाद पनेरूले आयुर्वेद, जीवनशैली व्यवस्थापन तथा योगको महत्त्वको विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

कृष्ण प्रसाद पराजुलीले कार्यक्रमको उद्घोषण गरेका थिए भने रोशी गाउँपालिका आयुर्वेद शाखाका प्रमुख कविराज निरीक्षक सबिता गौतमले स्वागत मन्तव्य राखेकी थिइन्। कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत लगायत वडा अध्यक्ष तथा वडा सदस्यहरु तथा मंगलटार आयुर्वेद औषधालयका कर्मचारीहरुको सक्रिय सहभागिता रहेको थियो ।

  • न्युज काभ्रे संवाददाता

थप