Breaking News
काभ्रेको बनेपा-३ स्थित बासुकी स्थानमा निर्मित शिव मूर्तिको प्राण प्रतिष्ठा गरिएको छ ।    ||     अमित लामाको चुनावी एजेन्डा :पाँच वर्षमा जनहितका कानुन निर्माणदेखि युवाको मुद्दाको उठानसम्म    ||     फागुन २१ मा हुने निर्वाचनका लागि काभ्रे क्षेत्र नं २ बाट गोकुल बास्कोटाको एकल नाम सिफारिस    ||     पत्रकार महासंघ काभ्रेपलान्चोकले आफ्नो ३३औं स्थापना दिवस मनाइयो    ||     चाइनिजहरुले निर्माण गरेको हिमालयन रिम फिल्म काठमाडौं विश्वविद्यालयमा प्रदर्शनी    ||     अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्कीलाई बनाउने सहमति    ||     प्रेस चौतारी काभ्रेको अक्षयकोषमा एमाले केन्द्रिय सदस्य रेशम लामाले गरे रु.एक लाख एक हजार आर्थिक सहयोग    ||     स्वास्थ्य सेवामा सहुलियतका लागि पत्रकार महासंघ काभ्रे र CWC बनेपाबीच समझदारी    ||     आज खिर खाएर साउन १५ मनाइँदै    ||     नक्कली सरकारी कागजात र छाप बनाउने गिरोह धुलिखेलबाट पक्राउ    ||    

जिल्ला सहकारी संघ लि. काभ्रेले मनायोे ६५ औं राष्ट्रिय सहकारी दिवस

  ५ वर्ष अघि | १७ चैत्र २०७८, बिहिबार
न्युज काभ्रे संवाददाता

बनेपा। जिल्ला सहकारी संघ लि. काभ्रेको आयोजनामा जिल्ला भित्र रहेका सहकारी संघ/संघहरुको उपस्थितीमा ६५ औं राष्ट्रिय सहकारी दिवस भब्य रुपमा सम्पन्न गरेको छ । संघका अध्यक्ष दिलिप शर्माको अध्यक्षतामा भएको उक्त कार्यक्रमको राष्ट्रिय सहकारी महासंघ लि. का सञ्चालक सदस्य तथा बागमती प्रदेश सहकारी समन्वय उप समितिका संयोजक श्री डि. बि बस्नेतको प्रमुख आतिथ्यतामा भएको हो । प्रत्येक बर्ष सहकारी अभियानकर्मीहरु बीचको सहभागितामा विविध कार्यक्रमहरु गर्दै आइरहेको संघले यस बर्ष सहकारीका समसामयिक बिषय र आगामी कार्यदिशा सम्वन्धि अन्र्तक्रिया तथा छलफल कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा बिषयवस्तुको कार्यपत्र प्रस्तुती राष्ट्रिय सहकारी बैंकका कार्यकारी अधिकृति बद्री गुरागाँईले प्रस्तुत गर्नु भएको थियो । १५० जना भन्दा बढी सहकारी अभियानका विधिन्न प्रारम्भिक सहकारी संस्थाका अध्यक्ष तथा प्रतिनीधिहरुको सहभागिता रहेको उक्त कार्यक्रममा विधिन्न जिल्ला भित्र रहेका बिषयगत संघका अध्यक्षहरु जितेन्द्र नकर्मी, सुमन नेपाल, बिधान जोशि, मेनेजसैक्लवका उपाध्यक्ष गोपाल दाहाल, प्रोूकुनका अध्यक्ष उद्धव सापकोटा लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा जिल्ला सहकारी संघ लि. का निबर्तमान अध्यक्ष विनोद पराजुलीको सहभागिता रहेको थियो भने सहकारी बिज्ञ तथा कर सम्वन्धि ज्ञाता शेषमणी दाहालको समेत सहभािगतामा उक्त कार्यक्रम सम्पन्न भएको हो । 
सहकारी क्षेत्रमा हाल देखिएका बिषयहरुमा केन्द्रित भई अब सहकारी संस्थाहरु कुन बाटोबाट अगाडि बढ्नुपर्दछ भन्ने बिषयमा केन्द्रित भई भएको छलफल कार्यक्रम समय सान्दर्भिक रहेको सहभागिहरुको निष्कर्ष समेत रहेको थियो भने अन्र्तक्रियात्मक रुपमा सम्पन्न भएको उक्त कार्यक्रममा विभिन्न प्रकृतिका सहकारी संस्थाहरुको जिज्ञासालाई समाधान गर्ने कार्य सम्पन्न भएको थियो । कार्यक्रममा बोल्दै महासंघका सञ्चालक तथा कार्यक्रमका प्रमुख अतिथी डि. बि बस्नेतले हाल सहकारीमा देखिएका समस्याहरु समाधान गर्नका लागि यी र यस्तै खालका कार्यहरुका बारेमा आम सहकारी संस्था तथा अभियानकर्मीहरुमा समुहमा विभाजन गरी अझ छलफल गर्नुपर्ने धारण राख्दै जिल्ला सहकारी संघ लि काभ्रेले गर्दै आएको विविध कार्यक्रमहरु अत्यन्तै सान्दर्भिक रुपमा रहेको र बागमती प्रदेशका जिल्लामा नै उत्कृष्ट जिल्ला बनाउने कुरामा आफु ढुक्क भएको जानकारी गराउनु भएको थियो भने जिल्ला सहकारी संघ लि. अध्यक्ष दिलिप शर्माले जिल्लामा समुदायमा आधारित भई कार्य गर्न, सुशासन र पारदर्शि रुपमा आफ्ना गतिविधिहरुलाई लैजान संघले विभिन्न खालका गतिविधिहरु गर्दै आइरहेको जानकारी गराउँदै ७७ जिल्लामा उत्कृष्ट जिल्लाको रुपमा विकास गर्दै अगाडि बढ्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको थियो । संघले यहि चैत्र २० गतेका दिन संघको कार्यालयमा नेपालको झण्डा, अन्र्तराष्ट्रिय सहकारी महासंघको झण्डा फेर्ने, पूजा गर्ने बेलुका दिपावली गर्ने सहितका कार्यक्रम रहेको जानकारी गराउँदै सबै सहकारी संस्थाहरुमा उक्त दिन आफ्नै संस्थामा दीवावली समेत गर्न संघका अध्यक्ष दिलिप शर्माले अपिल गर्नुभएको थियो । कार्यक्रममा संघका उपाध्यक्ष अमन पोटे श्रेष्ठले स्वागत मन्तब्य राख्नुभएको थियो भने कार्यक्रम सञ्चालन संघका सचिव निरन्जन बिष्टले गर्नुभएको थियो ।


  • न्युज काभ्रे संवाददाता

थप