Breaking News
काभ्रेको बनेपा-३ स्थित बासुकी स्थानमा निर्मित शिव मूर्तिको प्राण प्रतिष्ठा गरिएको छ ।    ||     अमित लामाको चुनावी एजेन्डा :पाँच वर्षमा जनहितका कानुन निर्माणदेखि युवाको मुद्दाको उठानसम्म    ||     फागुन २१ मा हुने निर्वाचनका लागि काभ्रे क्षेत्र नं २ बाट गोकुल बास्कोटाको एकल नाम सिफारिस    ||     पत्रकार महासंघ काभ्रेपलान्चोकले आफ्नो ३३औं स्थापना दिवस मनाइयो    ||     चाइनिजहरुले निर्माण गरेको हिमालयन रिम फिल्म काठमाडौं विश्वविद्यालयमा प्रदर्शनी    ||     अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्कीलाई बनाउने सहमति    ||     प्रेस चौतारी काभ्रेको अक्षयकोषमा एमाले केन्द्रिय सदस्य रेशम लामाले गरे रु.एक लाख एक हजार आर्थिक सहयोग    ||     स्वास्थ्य सेवामा सहुलियतका लागि पत्रकार महासंघ काभ्रे र CWC बनेपाबीच समझदारी    ||     आज खिर खाएर साउन १५ मनाइँदै    ||     नक्कली सरकारी कागजात र छाप बनाउने गिरोह धुलिखेलबाट पक्राउ    ||    

काभ्रेमा बसको ठक्कर बाट मोटरसाइकल चालकको मृत्यु

  ५ वर्ष अघि | ११ चैत्र २०७८, शुक्रबार
न्युज काभ्रे संवाददाता

काभ्रे  : जिल्ला स्थित अरनिको राजमार्ग अन्तर्गत बनेपामा बसले मोटरसाइकललाई ठक्कर दिदाँ मोटरसाइकल चालकको मृत्यु भएको छ ।

बनेपाबाट धुलिखेलततर्फ जाँदै गरेको बा २ ख ५२९४ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको बा ८१ प४२१४ नम्बरको मोटरसाइकललाई आज बिहान ६ :३० बजे ठक्कर दिदाँ मोटरसाइकल चालक गम्भिर घाइते भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
बसको ठक्करबाट गम्भिर घाइते भएका मोटरसाइकल चालक रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नं २ का २८ वर्षीय सुनिल कुमार खड्काको उपचारको क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरि खतिवडाले जानकारी दिए ।
उनका अनुसार  मोटरसाइकलमा पछाडी सवारमा सोही ठेगानाका २७ वर्षीय सन्तोष खड्का घाइते भएका छन् । घाइतेको ललितपुर स्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ । मोटरसाइकललाई ठक्कर दिने बसका चालकलाई ईलाका प्रहरी कार्यालय बनेपाले नियन्त्रणमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

  • न्युज काभ्रे संवाददाता

थप