Breaking News
काभ्रेको बनेपा-३ स्थित बासुकी स्थानमा निर्मित शिव मूर्तिको प्राण प्रतिष्ठा गरिएको छ ।    ||     अमित लामाको चुनावी एजेन्डा :पाँच वर्षमा जनहितका कानुन निर्माणदेखि युवाको मुद्दाको उठानसम्म    ||     फागुन २१ मा हुने निर्वाचनका लागि काभ्रे क्षेत्र नं २ बाट गोकुल बास्कोटाको एकल नाम सिफारिस    ||     पत्रकार महासंघ काभ्रेपलान्चोकले आफ्नो ३३औं स्थापना दिवस मनाइयो    ||     चाइनिजहरुले निर्माण गरेको हिमालयन रिम फिल्म काठमाडौं विश्वविद्यालयमा प्रदर्शनी    ||     अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्कीलाई बनाउने सहमति    ||     प्रेस चौतारी काभ्रेको अक्षयकोषमा एमाले केन्द्रिय सदस्य रेशम लामाले गरे रु.एक लाख एक हजार आर्थिक सहयोग    ||     स्वास्थ्य सेवामा सहुलियतका लागि पत्रकार महासंघ काभ्रे र CWC बनेपाबीच समझदारी    ||     आज खिर खाएर साउन १५ मनाइँदै    ||     नक्कली सरकारी कागजात र छाप बनाउने गिरोह धुलिखेलबाट पक्राउ    ||    

जिल्ला प्रहरी काभ्रेको सक्रियता तिव्र : धमाधम समातिए फरार प्रतिवादी

  ४ वर्ष अघि | २४ असार २०७९, शुक्रबार
न्युज काभ्रे संवाददाता

काभ्रे : पछिल्लो समय जिल्लामा अपराधजन्य गतिविधि रोकथाममा जिल्ला प्रहरी कार्यालय काभ्रेको सक्रियता बढ्दै गएको देखिन्छ ।

यो सातामा मात्रै वषौँदेखि विभिन्न मुद्दामा फरार रहेका आठ प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय काभ्रेले पक्राउ गरेको छ । आइतबारदेखि बिहीबारसम्ममा प्रहरीले आठ जना प्रतिवादीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

कार्यालयले असार २३ गते बिहीबार विभिन्न मुद्दामा फरार रहेका मण्डनदेउपुर नगरपालिकाका दुई प्रतिवादीलाई पक्राउ गरेको छ ।

हातहतियार खरखजाना मुद्दामा फरार रहेका मण्डनदेउपुर नगरपालिका वडा नं १२ का ४४ वर्षीय प्रदिप कुमार राक्से ठकुरीलाई प्रहरीले असार २३ गते बिहीबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरि खतिवडाले जानकारी दिए ।

उनका अनुसार ठकुरीलाई जिल्ला अदालत काभ्रेपलाञ्चोकले २०७७ साल माघ ५ गते सजायको फैसला गरेको थियो , अदालतको फैसलापछि ठकुरी फरार रहेका थिए ।

त्यस्तै सार्वजनिक अपराध मुद्धामा फरार रहेका मण्डनदेउपुर नगरपालिका वडा नं ३ का र ३३ वर्षीय सञ्जय गुरुङलाई पनि प्रहरीेले असार २३ गते बिहीबार पक्राउ गरेको कार्यालयले जानकारी दिएको छ । कार्यालयका अनुसार गुरुङलाई जिल्ला अदालत काभ्रेपलाञ्चोकले २०७२ माघ २५ गते सजायको फैसला गरेको थियो ।

अदालतको फैसलापछि फरार रहेका गुरुङलाई प्रहरीले ७ वर्षपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरि खतिवडाले जानकारी दिए ।  उनका अनुसार पक्राउ परेका दुवै जनालाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काभ्रेपलाञ्चोक पेश गरिएको छ ।

त्यस्तै कार्यालयले असार २२ गते पनि विभिन्न मुद्दामा फरार रहेका ३ जना प्रतिवादीलाई पक्राउ गरेको थियो ।

  • न्युज काभ्रे संवाददाता

थप