Breaking News
काभ्रेको बनेपा-३ स्थित बासुकी स्थानमा निर्मित शिव मूर्तिको प्राण प्रतिष्ठा गरिएको छ ।    ||     अमित लामाको चुनावी एजेन्डा :पाँच वर्षमा जनहितका कानुन निर्माणदेखि युवाको मुद्दाको उठानसम्म    ||     फागुन २१ मा हुने निर्वाचनका लागि काभ्रे क्षेत्र नं २ बाट गोकुल बास्कोटाको एकल नाम सिफारिस    ||     पत्रकार महासंघ काभ्रेपलान्चोकले आफ्नो ३३औं स्थापना दिवस मनाइयो    ||     चाइनिजहरुले निर्माण गरेको हिमालयन रिम फिल्म काठमाडौं विश्वविद्यालयमा प्रदर्शनी    ||     अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्कीलाई बनाउने सहमति    ||     प्रेस चौतारी काभ्रेको अक्षयकोषमा एमाले केन्द्रिय सदस्य रेशम लामाले गरे रु.एक लाख एक हजार आर्थिक सहयोग    ||     स्वास्थ्य सेवामा सहुलियतका लागि पत्रकार महासंघ काभ्रे र CWC बनेपाबीच समझदारी    ||     आज खिर खाएर साउन १५ मनाइँदै    ||     नक्कली सरकारी कागजात र छाप बनाउने गिरोह धुलिखेलबाट पक्राउ    ||    

भीमसेनेश्वर मा.वि.को वार्षिकोत्सव सम्पन्न

  २ वर्ष अघि | ८ फाल्गुन २०८१, बिहिबार
न्युज काभ्रे

बेथानचोक गाउँपालिका वडा नं. ५ को मदनबासस्थित भंगालामा रहेको भीमसेनेश्वर माध्यमिक विद्यालयले आफ्नो४० औं वार्षिक उत्सव तथा ४१ औं जन्मोत्सव समारोह विविध कार्यक्रम गरि मनाएको छ ।


गाउँपालिका अध्यक्ष भगवान अधिकारीको प्रमुख आतिथ्य, उपाध्यक्ष तारा राना तिमल्सिनाको विशिष्ट आतिथ्यता र विद्यालयको व्यवस्थापन समिति अध्यक्ष गोर्कणबहादुर खत्रीको सभापतित्वमा सम्पन्न कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष अधिकारीले असोज महिनाको बाढी पहिरोका कारण शिक्षालयहरुमा गम्भीर क्षति पुगेकोले शुरुवाती दिनहरुमा कठिनाई भए पनि हाल त्यस्तो समस्या नरहेको प्रष्ट पार्नु भयो । विपत्तिको समयमा विद्यालयका शिक्षक तथा कर्मचारीले संयमतापूवर्क शैक्षिक वातावरणलाई नेतृत्व गर्नु भएकोमा धन्यवाद दिनुभयो । उहाँले सामुदायिक विद्यालयमा विद्यार्थी घटेका छन भन्ने भाष्यलाई गलत सावित हुनेगरी शैक्षणिक गतिविधिलाई अघि बढाउन आग्रह गर्नुभयो ।


कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष तारा राणा तिमल्सिनाले प्राकृतिक प्रकोपको मुश्किलको घडिमा पनि भीमसेनेश्र माध्यमिक विद्यालयले राम्रो गरिरहेको आफूले सुनेको बताउँदै थप उत्कृष्ट बन्न विद्यालयलाई शुभकामना दिनुभयो । विद्यालयका संस्थापक, जग्गादाता र चन्दादाताहरुलाई सम्मान गरिएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक देवराज लामाले शुभकामना मन्तव्य राख्दै वार्षिक प्रगति प्रतिवेदन पेश  गर्नु भएको थियो । कार्यक्रममा वर्षभरीमा उत्कृष्टता हाँसिल गर्ने विद्यार्थी, खेलकुदका विभिन्न स्पर्धामा उत्कृष्ट हुने विद्यार्थीहरुलाई ट्रफी र मेडल प्रदान गरिएको थियो । समारोहमा विद्यार्थीहरुले विविध साँस्कृतिक प्रस्तुति दिएका थिए । कार्यक्रममा वडा सदस्यहरु, विद्यालयका पूर्व अध्यक्षहरु शिक्षक अभिभावकका पदाधिकारीहरु, छिमेकी विद्यालयहरु पार्वती मा.वि.आत्माविकास मा.वि, सरस्वती मा.वि.का प्रतिनिधि तथा अन्य संघसंस्थाका प्रतिनिधिहरु पनि उपस्थिति रहेको थियो ।  


  • न्युज काभ्रे

थप