Breaking News
काभ्रेको बनेपा-३ स्थित बासुकी स्थानमा निर्मित शिव मूर्तिको प्राण प्रतिष्ठा गरिएको छ ।    ||     अमित लामाको चुनावी एजेन्डा :पाँच वर्षमा जनहितका कानुन निर्माणदेखि युवाको मुद्दाको उठानसम्म    ||     फागुन २१ मा हुने निर्वाचनका लागि काभ्रे क्षेत्र नं २ बाट गोकुल बास्कोटाको एकल नाम सिफारिस    ||     पत्रकार महासंघ काभ्रेपलान्चोकले आफ्नो ३३औं स्थापना दिवस मनाइयो    ||     चाइनिजहरुले निर्माण गरेको हिमालयन रिम फिल्म काठमाडौं विश्वविद्यालयमा प्रदर्शनी    ||     अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्कीलाई बनाउने सहमति    ||     प्रेस चौतारी काभ्रेको अक्षयकोषमा एमाले केन्द्रिय सदस्य रेशम लामाले गरे रु.एक लाख एक हजार आर्थिक सहयोग    ||     स्वास्थ्य सेवामा सहुलियतका लागि पत्रकार महासंघ काभ्रे र CWC बनेपाबीच समझदारी    ||     आज खिर खाएर साउन १५ मनाइँदै    ||     नक्कली सरकारी कागजात र छाप बनाउने गिरोह धुलिखेलबाट पक्राउ    ||    

नमोबुद्धमा वृहत सरसफाई र वृक्षारोपण

  ४ वर्ष अघि | २३ जेष्ठ २०७९, सोमवार
न्युज काभ्रे संवाददाता

भकुण्डेबेशी–विश्व वातावरण दिवसको अवसर पारेर नमोबुद्ध नगरपालिकाको मुख्य व्यापारिक केन्द्र भकुण्डेबेशीमा वृहत सरसफाई कार्यक्रम आयोजना गरिएको छ ।
विश्व वातावरण दिवस (जुन ५) को अवसरमा नमोबुद्ध नगरपालिकाले आइतबारदेखि नै सप्ताहव्यापी कार्यक्रम गरिरहेको छ । सोही क्रममा आज सोमबार भकुण्डेबेशीमा नमोबुद्ध नगरपालिकाको आयोजनामा वृहत सरसफाई कार्यक्रम गरिएको हो । भकुण्डेबेशी चोकदेखि नौबिसेसम्म विपी राजमार्गको आसपास सरसफाई गरिएको थियो । सो क्रममा राजमार्गको दायावाया फुटपाथ व्यवस्थापनको कामसमेत गरिएको छ ।
नगर प्रमुख कुनसाङ लामाको नेतृत्वमा  भएको सरसफाई कार्यक्रममा नगरपालिकाका कर्मचारी, स्थानीयबासी, विभिन्न संघसंस्थाका प्रतिनिधि, विद्यालयका शिक्षक÷विद्यार्थी, व्यवसायी, नेपाली सेना र नेपाल प्रहरीबाट सुरक्षाकर्मी लगायत सयौंको सहभागिता रहेको थियो । कार्यक्रममा नगर प्रमुख कुनसाङ लामाले स्वच्छ वातावरणका लागि सबै पक्षको सहकार्य जरुरी भएको भन्दै नगरपालिकाले सुरु गरेको सरसफाई अभियानमा साथ दिने सबैलाई धन्यवाद दिए । अब बजार व्यवस्थापनको कार्यविधि तयार पारेर बजारलाई व्यवस्थित बनाउने, सफा र वातावरणमैत्री बनाउने अभियान नगरपालिकाले सञ्चालन गर्ने पनि लामाले बताए । उनले जथाभावी फोहोर फाल्नेलाई कार्बाहीको व्यवस्था गर्ने, राजमार्ग क्षेत्रमा फोहोर फाल्न निषेध गर्ने लगायतका योजना ल्याउने पनि बताए ।
यस्तै उपप्रमुख रत्न लामाले सफा र स्वच्छ नगर बनाउन सबैलाई हातेमालो गर्न आग्रह गरे । यस्तै प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले वातावरणमैत्री नगर बनाउन नगरपालिकाले विशेष जोड दिएको र आगामी दिनमा सबै क्षेत्र, सबै वर्गलाई समेटेर स्वच्छ नगर बनाउने अभियान सञ्चालन गर्ने जानकारी दिए ।
यस्तै आज सोमबार नै नमोबुद्ध नगरपालिका वडा नं. ८ का वृक्षारोपण समेत गरिएको छ । वडा नं. ८ को डराउनेपोखरी र देवीस्थानमा धुपी, कपुर लगायतका बिरुवा रोपिएको नगरपालिकाका प्रवक्ता एवं वडा नंं ६ का वडाअध्यक्ष टिकाबहादुर केसीले जानकारी दिए । बृक्षारोपण कार्यक्रममा नगर प्रमुख कुनसाङ लामा, प्रमुख प्रशासकीय अधिकृत राजन पौडेल, वडा नं. ८ का वडाअध्यक्ष शेरवहादुर तामाङ लगायतका जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
सप्ताहव्यापी कार्यक्रमअन्तर्गत हिजो आइतबार नगरपालिकाको फोहोर व्यवस्थापन क्षेत्रको व्यवस्थापन लगायतका काम भएको थियो भने मंगलबार नगरपालिका क्षेत्रको सरसफाई लगायतका काम गरिने नमोबुद्ध नगरपालिकाका वातावरण अधिकृत सन्तोष काफ्लेले जानकारी दिएका छन् ।

  • न्युज काभ्रे संवाददाता

थप