Breaking News
काभ्रेको बनेपा-३ स्थित बासुकी स्थानमा निर्मित शिव मूर्तिको प्राण प्रतिष्ठा गरिएको छ ।    ||     अमित लामाको चुनावी एजेन्डा :पाँच वर्षमा जनहितका कानुन निर्माणदेखि युवाको मुद्दाको उठानसम्म    ||     फागुन २१ मा हुने निर्वाचनका लागि काभ्रे क्षेत्र नं २ बाट गोकुल बास्कोटाको एकल नाम सिफारिस    ||     पत्रकार महासंघ काभ्रेपलान्चोकले आफ्नो ३३औं स्थापना दिवस मनाइयो    ||     चाइनिजहरुले निर्माण गरेको हिमालयन रिम फिल्म काठमाडौं विश्वविद्यालयमा प्रदर्शनी    ||     अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्कीलाई बनाउने सहमति    ||     प्रेस चौतारी काभ्रेको अक्षयकोषमा एमाले केन्द्रिय सदस्य रेशम लामाले गरे रु.एक लाख एक हजार आर्थिक सहयोग    ||     स्वास्थ्य सेवामा सहुलियतका लागि पत्रकार महासंघ काभ्रे र CWC बनेपाबीच समझदारी    ||     आज खिर खाएर साउन १५ मनाइँदै    ||     नक्कली सरकारी कागजात र छाप बनाउने गिरोह धुलिखेलबाट पक्राउ    ||    

रामेछापमा बस दुर्घटना हुँदा ९ जनाको मृत्य

  ४ वर्ष अघि | २१ असार २०७९, मङ्लबार
न्युज काभ्रे संवाददाता

रामेछापमा यात्रुबाहक बस दुर्घटनामा परेको छ। दुर्घटना हुँदा ९ जनाको घटनास्थलमै मृत्यु भएको छ।  


खाँदादेवी गाउँपालिका-१ स्थित लुभुघाटमा मंगलबार बिहान १० बजे बस सडकबाट अन्दाजी ४० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजकुमार थिङले जानकारी दिए। 

‘म घटनास्थलमा पुग्न लागें। हाम्रो प्रहरी निरीक्षकसहितको टोली खटिएर उद्दार गरिरहेको छ,’ उनले सेतोपाटीसँग भने, '९ जनाको घटनास्थलमै मृत्यु भएको छ।' मृतकहरू चार जना महिला र पाँच जना पुरूष छन्। उनीहरूको सनाखत हुन बाँकी छ।

उनका अनुसार बा ३ ख ८३९६ नम्बरको बस दुर्घटनामा परेको हो। दुर्घटनामा परी २२ जना घाइते छन्। घाइतेहरूको उपचारको लागि धुलिखेल पठाइएको छ। चार जनालाई हेलिकप्टरबाट ल्याउने तयारी भइरहेको छ।

बस रामेछापबाट काठमाडौं आउँदै थियो। 

दुर्घटना के कारणले भएको भन्ने खुलिसकेको छैन। 

  • न्युज काभ्रे संवाददाता

थप