Breaking News
काभ्रेको बनेपा-३ स्थित बासुकी स्थानमा निर्मित शिव मूर्तिको प्राण प्रतिष्ठा गरिएको छ ।    ||     अमित लामाको चुनावी एजेन्डा :पाँच वर्षमा जनहितका कानुन निर्माणदेखि युवाको मुद्दाको उठानसम्म    ||     फागुन २१ मा हुने निर्वाचनका लागि काभ्रे क्षेत्र नं २ बाट गोकुल बास्कोटाको एकल नाम सिफारिस    ||     पत्रकार महासंघ काभ्रेपलान्चोकले आफ्नो ३३औं स्थापना दिवस मनाइयो    ||     चाइनिजहरुले निर्माण गरेको हिमालयन रिम फिल्म काठमाडौं विश्वविद्यालयमा प्रदर्शनी    ||     अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्कीलाई बनाउने सहमति    ||     प्रेस चौतारी काभ्रेको अक्षयकोषमा एमाले केन्द्रिय सदस्य रेशम लामाले गरे रु.एक लाख एक हजार आर्थिक सहयोग    ||     स्वास्थ्य सेवामा सहुलियतका लागि पत्रकार महासंघ काभ्रे र CWC बनेपाबीच समझदारी    ||     आज खिर खाएर साउन १५ मनाइँदै    ||     नक्कली सरकारी कागजात र छाप बनाउने गिरोह धुलिखेलबाट पक्राउ    ||    

भुम्लुको फलाँटेमा फलाँटे सामुदायिक स्वास्थ्य इकाई भवनको उद्घाटन

  ५ वर्ष अघि | १ चैत्र २०७८, मङ्लबार
न्युज काभ्रे संवाददाता

काभ्रे : जिल्लाको भुम्लु गाउँपालिका वडा नं ७ स्थित फलाँटेमा फलाँटे सामुदायिक स्वास्थ्य इकाई भवनको उदघाटन गरिएको छ ।

नवनिर्मित फलाँटे सामुदायिक स्वास्थ्य इकाई भवनको उद्घाटन फाल्गुण ३० गते गरिएको हो । गाउँपालिकाको वडा नं ७ का अध्यक्ष रमेश राज खरेलको अध्यक्षतामा भुम्लु गाउँपालिकाका अध्यक्ष गुमान ध्वज कुँवरले फलाँटे सामुदायिक स्वास्थ्य इकाई भवनको उदघाटन गरेका हुन् ।
स्वास्थ्य इकाई भवनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिकाका अध्यक्ष कुँवरले गाउँपालिकाले स्वास्थ्यलाई प्राथमिकतामा राखेर विभिन्न कामहरु गर्दै आएको बताए । उनका अनुसार जसअन्तर्गत फलाँटेमा स्वास्थ्य इकाई भवन तयार भएको छ । यस नयाँ भवनबाट स्वास्थ्य सेवा प्रवाहमा सहज हुने उनले बताए ।

  • न्युज काभ्रे संवाददाता

थप