Breaking News
काभ्रेको बनेपा-३ स्थित बासुकी स्थानमा निर्मित शिव मूर्तिको प्राण प्रतिष्ठा गरिएको छ ।    ||     अमित लामाको चुनावी एजेन्डा :पाँच वर्षमा जनहितका कानुन निर्माणदेखि युवाको मुद्दाको उठानसम्म    ||     फागुन २१ मा हुने निर्वाचनका लागि काभ्रे क्षेत्र नं २ बाट गोकुल बास्कोटाको एकल नाम सिफारिस    ||     पत्रकार महासंघ काभ्रेपलान्चोकले आफ्नो ३३औं स्थापना दिवस मनाइयो    ||     चाइनिजहरुले निर्माण गरेको हिमालयन रिम फिल्म काठमाडौं विश्वविद्यालयमा प्रदर्शनी    ||     अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्कीलाई बनाउने सहमति    ||     प्रेस चौतारी काभ्रेको अक्षयकोषमा एमाले केन्द्रिय सदस्य रेशम लामाले गरे रु.एक लाख एक हजार आर्थिक सहयोग    ||     स्वास्थ्य सेवामा सहुलियतका लागि पत्रकार महासंघ काभ्रे र CWC बनेपाबीच समझदारी    ||     आज खिर खाएर साउन १५ मनाइँदै    ||     नक्कली सरकारी कागजात र छाप बनाउने गिरोह धुलिखेलबाट पक्राउ    ||    

बजेट बनाउनको लागि पनौती ४ मा वडा निवासी हरुको सुझाव संकलन

  ४ वर्ष अघि | ५ असार २०७९, आइतवार
न्युज काभ्रे संवाददाता

पनौती – पनौती नगरपालिका वडा नम्बर ४ ले वडावासीको सुझाव संकलन गरेको छ । आर्थिक वर्ष २०७९÷८० को लागि छनौट हुने योजना तथा कार्यक्रमका लागि सर्वदलिय र सर्वपक्षिय सरोकारवालाहरुको राय सुझाव संकलन गरिएको हो । 

वडा कार्यालयले यसअघि नै लिखित रुपमा सुझाव दिन तथा भेलामा सहभागि हुन आग्रह गर्दै पत्र पठाएको थियो । कार्यक्रममा सहभागि वडावासीले सुशासन, पारदर्शिता र दिगो विकासमा जोड दिन नेतृत्वलाई भनेका छन् । नयाँ जनप्रतिनिधि आएसँगै वडामा केहि राम्रो संकेत देखिएको भन्दै उनीहरुले आफ्नो वडा समृद्ध बनाउने अभियानमा सँगै हातेमालो गर्ने प्रतिवद्धता समेत जनाएका छन् । कार्यक्रममा बोल्दै एकीकृत समाजवादीका नेता दिपक थापाले भुमाफियाबाट वडालाई जोगाउनुपर्ने बताएका छन् । यस्तै माओवादी केन्द्रकी नेतृ शुशिला श्रेष्ठले कुकुरले बालीनालीमा क्षति पुर्याएकाले उचित व्यवस्थापनका लागि अनुरोध गरेकी छन् । नेपाली कांग्रेसका वडा सभापति महेश थापाले वडामा सक्षम नेतृत्व आएको भन्दै राम्रा काममा आफ्नो साथ रहने प्रसतवद्धता जनाएका छन् । शहकारी अभियान्ता शिवजी सापकोटाले पारदर्शिता, जवाफदेहीता र सुशासन कायम राख्न जोड दिएका छन् । 

भुमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयको योजना शाखा प्रमुख उप सचिव रामकुमार सापकोटाले सहज तथा प्रविधिमैत्री सेवा प्रवाह सुरु गर्नुपर्ने बताए । उनले जेष्ठनागरिकलाई घरदैलो सेवा, महत्वपुर्ण क्षेत्रमा फ्रि वाइफाइको व्यवस्था, सडक बक्ति, होम स्टेको अवधारणा, धर्म संरक्षणको संरक्षणका लागि गुरु योजना बनाउनुपर्ने बताए । 

वडा अध्यक्ष दिपक दाहालले वडावासीले दिएको सुझाव नै आफ्नो मार्गदर्शन र वडाको समृद्धिको आधार भएको बताएका छन । प्राप्त सुझावबाट प्राथमिकताक्रम निर्धारण गरेर दस्ताबेज बनाउने उनले बताए । उनले सधैं जनताको सेवामा समर्पित हुने प्रण समेत गरेका छन् । एक रुपैयँको मात्रै पनि लोभ गरेर वडाअध्यक्षले गलत ठाउँमा हस्ताक्षर गर्छकी भन्ने चिन्त नलिन पनि वडा अध्यक्ष दाहालले वडावासीलाई विश्वास दिलाएका छन् । आफु किसान पनि भएकाले कुटो कोदालोमा रमाउने बानी रहेको उनको भनाई थियो । 

यस्तै उप प्रमुख गिता बञ्जाराले जनताबाट प्राप्त सुझाव क्रमशः कार्यान्वयन गर्दै जाने बताइन् । कार्यक्रममा पुर्व वडा अध्यक्ष बुद्धसिं थापा, स्थानीय रमेश पौडेल, रामकृष्ण बञ्जारा, वुद्धकुमार श्रेष्ठ, राजन तामाङ, सरिता राई,अक्कल थापा लगायतले आफ्नो भनाई राखेका थिए ।   

  • न्युज काभ्रे संवाददाता

थप