काभ्रे /खानीखोला गाउँपालिकाका वडा नम्वर ५ स्थित ताल्ढुंगामा एक युवाले आफ्नै आमालाई चिरपट प्रहार गरि घाइते बनाएका छन् । चिरपट प्रहार पछि घाईते महिलाको उपचारका लागि अस्पताल ल्याईदैछ । छुट्टयाउन गएका गाउँ प्रहरीलाई समेत चुप्पी प्रहार गरेकाले उनि पनि घाईते भएका छन् ।
स्थानीय २८ बर्षिय विकास भुजेलले आफ्नै आमा ५० बर्षिया सुनमाया भुजेल र खानीखोला गाउँपालिकाका गाउँ प्रहरी पाल्साङ लामालाई खुकुरी प्रहार गरेको स्थानीय प्रहरी चौकी ताल्ढुंगाले जानकारी दिएको छ । आमालाई चिरपट प्रहार गरे लगत्तै विकास भुजेलले पाल्साङलाई प्रहार गरेका थिए । गाउँपालिका कार्यालय नजिकै रहेको मासु पसलबाट चुपी निकालेर गाउँ प्रहरी माथी आक्रमण गरेको स्थानीय प्रत्यक्षदर्शीले बताए ।
केहि महिना अघि उनले आक्रमण गरेका दुई जनाको निधन भई सकेको छ । उनि विरुद्ध कसैले उजुरी दिन नसक्ने, उजुरी दिएको थाहा पाए लगत्तै गएर आक्रमण गर्ने, केहि समय प्रहरी नियन्त्रणमा रहे पनि निस्किए लगत्तै आक्रमण गर्ने, गाउँपालिका अगाडी राखिएको सरकारी झण्डा जलाउने, च्यात्ने, स्थानीयहरुलाई अपशब्द प्रयोग गरी कुटपिट गर्ने कार्य गरिरहेका थिए ।
फागुन १८ गते साँझ ५ बजेको समयमा उनले चुप्पी प्रहार गरी आमा सुनमाया र गार्उँ प्रहरी लामालाई सख्त घाईते बनाएका छन् । उनि प्रहरी नियन्त्रणमा छन् । घाईतेलाई उपचारका लागि धुलिखेल ल्याईदैछ । अत्याधिक रक्तश्राव भएकाले आमा सुनमायाको अवस्था चिन्ताजनक छ ।
- न्युज काभ्रे