Breaking News
काभ्रेको बनेपा-३ स्थित बासुकी स्थानमा निर्मित शिव मूर्तिको प्राण प्रतिष्ठा गरिएको छ ।    ||     अमित लामाको चुनावी एजेन्डा :पाँच वर्षमा जनहितका कानुन निर्माणदेखि युवाको मुद्दाको उठानसम्म    ||     फागुन २१ मा हुने निर्वाचनका लागि काभ्रे क्षेत्र नं २ बाट गोकुल बास्कोटाको एकल नाम सिफारिस    ||     पत्रकार महासंघ काभ्रेपलान्चोकले आफ्नो ३३औं स्थापना दिवस मनाइयो    ||     चाइनिजहरुले निर्माण गरेको हिमालयन रिम फिल्म काठमाडौं विश्वविद्यालयमा प्रदर्शनी    ||     अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्कीलाई बनाउने सहमति    ||     प्रेस चौतारी काभ्रेको अक्षयकोषमा एमाले केन्द्रिय सदस्य रेशम लामाले गरे रु.एक लाख एक हजार आर्थिक सहयोग    ||     स्वास्थ्य सेवामा सहुलियतका लागि पत्रकार महासंघ काभ्रे र CWC बनेपाबीच समझदारी    ||     आज खिर खाएर साउन १५ मनाइँदै    ||     नक्कली सरकारी कागजात र छाप बनाउने गिरोह धुलिखेलबाट पक्राउ    ||    

जिल्ला सहकारी संघ काभ्रेमा अमनको नेतृत्व : सचिवमा प्रकाश बन्जारा

  २ वर्ष अघि | २७ भदौ २०८१, बिहिबार
न्युज काभ्रे

काभ्रे–जिल्ला सहकारी संघ काभ्रेको नयाँ सञ्चालक समितिको अध्यक्षमा अमन पोटे श्रेष्ठ निर्वाचित भएका छन् । गएराती अबेर सकिएको मतगणनाको अन्तिम परिणामअनुसार पोटेले १९० मत पाए भने उनको प्रतिष्पर्धी राजन शाक्यले १४९ मत पाए । 


महिला उपाध्यक्षमा पोटेकै प्यानलबाट उठेकी मिरा सत्याल १७२ मतसहित विजयी हुँदा राधिका दाहाल घिमिरेले १५३ मत पाइन् । यसैगरी उपाध्यक्षमा शान्ति लामा तामाङ, सचिवमा प्रकाश बन्जारा र कोषाध्यक्षमा अर्जुनप्रसाद सापकोटा विजयी भए । तामाङले १७०, बन्जाराले १ सय १८६ र सापकोटाले १७६ मत प्राप्त गरे । उपाध्यक्षमा पराजित ठाकुरनाथ अधिकारीले १६४, सचिवमा पराजित यदुनाथ हुमेगाईंले १४९ र कोषाध्यक्षमा पराजित हिमाली श्रेष्ठले १६० मत प्राप्त गरे । सञ्चालक सदस्यहरुमा अम्बिका तिमल्सिना, जगन्नाथ श्रेष्ठ, पूर्णसागर रंजित, मोहनकुमार श्रेष्ठ र रोशनकुमार श्रेष्ठ विजयी भएका छन् । 


सदस्यमा बलाम मानन्धर र सुदर्शन अधिकारीले बराबर १ सय ५४ मत प्राप्त गरेका कारण गोलाप्रथाबाट अधिकारी विजयी घोषित भएका छन् । महिला सदस्यमा यसअघि नै देवकी तिमल्सिना दाहाल निर्विरोध भएकी थिइन् । यस्तै लेखा सुपरिवेक्षण समिति संयोजकमा डिल्लीप्रसाद आचार्य र सदस्यमा पवन राज कर्णजीत निर्वाचित भएका छन् । ३ सय ४६ जना मतदाता रहेकोमा निर्वाचतमा ३ सय ४३ मत खसेको थियो ।


  • न्युज काभ्रे

थप