Breaking News
काभ्रेको बनेपा-३ स्थित बासुकी स्थानमा निर्मित शिव मूर्तिको प्राण प्रतिष्ठा गरिएको छ ।    ||     अमित लामाको चुनावी एजेन्डा :पाँच वर्षमा जनहितका कानुन निर्माणदेखि युवाको मुद्दाको उठानसम्म    ||     फागुन २१ मा हुने निर्वाचनका लागि काभ्रे क्षेत्र नं २ बाट गोकुल बास्कोटाको एकल नाम सिफारिस    ||     पत्रकार महासंघ काभ्रेपलान्चोकले आफ्नो ३३औं स्थापना दिवस मनाइयो    ||     चाइनिजहरुले निर्माण गरेको हिमालयन रिम फिल्म काठमाडौं विश्वविद्यालयमा प्रदर्शनी    ||     अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्कीलाई बनाउने सहमति    ||     प्रेस चौतारी काभ्रेको अक्षयकोषमा एमाले केन्द्रिय सदस्य रेशम लामाले गरे रु.एक लाख एक हजार आर्थिक सहयोग    ||     स्वास्थ्य सेवामा सहुलियतका लागि पत्रकार महासंघ काभ्रे र CWC बनेपाबीच समझदारी    ||     आज खिर खाएर साउन १५ मनाइँदै    ||     नक्कली सरकारी कागजात र छाप बनाउने गिरोह धुलिखेलबाट पक्राउ    ||    

मदन भण्डारी विश्वविद्यालय विधेयक पारित, बाँस्कोटाले भने, 'हामी सफल भयौं'

  ४ वर्ष अघि | २० असार २०७९, सोमवार
न्युज काभ्रे संवाददाता

काभ्रे-काभ्रेको पाँचखाल नगरपालिका स्थापना हुन लागेको मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक-२०७६ संसदबाट पारित भएको छ ।

आजको प्रतिनिधिसभा बैठकले उक्त विधेयक पारित गरेको हो । यससँगै विश्वविद्यालय स्थापनाको प्रक्रिया थप अघि बढ्न बाटो खुलेको छ । यो विधेयक २०७६ साउनमा संसदमा दर्ता भएको थियो । काभ्रे क्षेत्र नंवर २ बाट प्रतिनिधिसभा सदस्यसमेत रहेका पुर्वमन्त्री एवं नेकपा एमालेका पोलिटब्युरो सदस्य गोकुल बास्कोटाको नेतृत्वमा विश्वविद्यालय स्थापनाको काम अघि बढेको थियो । 

आफ्नो एउटा योजना पूरा हुने भएपछि बाँस्कोटाले पाँचखालवासीलाई बधाई दिएका छन् । विधेयक पारित भएलगत्तै बाँस्कोटाले फेसबुकमा लेखेका छन्, 'मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक २०७६ आज संसदबाट पास भयो।पाचखालबासीलाई बधाई!र,अन्तत हामी सफल भयौ ।'

यस्तै विश्वविद्यालय स्थापना गर्ने बाँस्कोटाको अभियानमा निरन्तर लागेका नेकपा एमाले काभ्रेका युवा नेता कञ्चन अधिकारीले अभियानको नेतृत्व गर्ने नेता बास्कोटाप्रती आभार प्रकट गरेका छन्  । फेसबुकमा अधिकारीले लेखेका छन्, 'मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक २०७६ आज संसदबाट पास भयो। हामी पाचखालबासीलाई बधाई!र,अन्तत हामी सफल भयौ । हाम्रो समृद्ध पाँचखाल निर्माणका निमित्त गरेका हरेक कदक एक पछि अर्को सफल हुँदै छन।परमादेश सरकार बनेपछि हाम्रा योजनामा कम प्राथमिकतामा परेपनी आज संसदले यो बिल पास गरेपछि हामी पाँचखालमा बिश्वबिद्धालय बन्नेमा आशावादी बनेका छौ।यो अभियानमा हाम्रो नेतृत्व गर्ने माननीय गोकुल बाँस्कोटालाई हार्दिक धन्यवाद सहित हिजो लोभ लालाचमा एमाले हराउन लाग्ने पनि अबका निर्वाचनमा एमाले जिताउदा मात्र पाँचखालको बिकास सुनिस्चित हुने हुँदा अबको निर्वाचनमा एमाले बिजय बनाउन हार्दिक अनुरोध सहिद नमस्कार ।'

  • न्युज काभ्रे संवाददाता

थप