Breaking News
काभ्रेको बनेपा-३ स्थित बासुकी स्थानमा निर्मित शिव मूर्तिको प्राण प्रतिष्ठा गरिएको छ ।    ||     अमित लामाको चुनावी एजेन्डा :पाँच वर्षमा जनहितका कानुन निर्माणदेखि युवाको मुद्दाको उठानसम्म    ||     फागुन २१ मा हुने निर्वाचनका लागि काभ्रे क्षेत्र नं २ बाट गोकुल बास्कोटाको एकल नाम सिफारिस    ||     पत्रकार महासंघ काभ्रेपलान्चोकले आफ्नो ३३औं स्थापना दिवस मनाइयो    ||     चाइनिजहरुले निर्माण गरेको हिमालयन रिम फिल्म काठमाडौं विश्वविद्यालयमा प्रदर्शनी    ||     अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्कीलाई बनाउने सहमति    ||     प्रेस चौतारी काभ्रेको अक्षयकोषमा एमाले केन्द्रिय सदस्य रेशम लामाले गरे रु.एक लाख एक हजार आर्थिक सहयोग    ||     स्वास्थ्य सेवामा सहुलियतका लागि पत्रकार महासंघ काभ्रे र CWC बनेपाबीच समझदारी    ||     आज खिर खाएर साउन १५ मनाइँदै    ||     नक्कली सरकारी कागजात र छाप बनाउने गिरोह धुलिखेलबाट पक्राउ    ||    

पत्रकार महासंघ काभ्रेपलाञ्चोकको ३ वर्षे कार्ययोजना निर्माण

  २ वर्ष अघि | २२ पुस २०८१, सोमवार
न्युज काभ्रे

काभ्रे । नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोकले आगामी ३ वर्षको कार्ययोजना निर्माण गरेको छ । अध्यक्ष विनोद कुमार न्यौपाने नेतृत्वको कार्यसमिति, शाखाका पुर्व अध्यक्ष एवं सल्लाहकार परिषद् सदस्यहरु भोजराज तिमल्सिना, इश्वरीप्रसाद ओझा, भोला थापा, महेशराज पौडेल, नारायण सापकोटा, मोतिराम तिमल्सिना, बद्रिराज तिमल्सिना, प्रेससम्वद्ध अध्यक्ष एवं प्रतिनिधिको उपस्थितीमा पनौती–११ थुम्कीमा भएको कार्यशालाले १६ बुँदे कार्ययोजना तय गरेको हो ।
कार्ययोजनामा निर्माणाधीन भवन ३ महिनाभित्र निर्माण सम्पन्न गर्ने, ६५ वर्ष पुगेका जेष्ठ पत्रकारलाई वृत्ति प्रदानदेखि विधागत तालिम र कल्याणकारी कोषसम्मका योजना समेटिएको छ ।

कार्ययोजनाको पहिलो बुँदामा नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोकको भवन निर्माणलाई ३ महिनाभित्र पुर्णता दिइने उल्लेख छ । यस्तै नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोकको निर्माणाधिन वेबसाइट ३ महिनाभित्र नै पुरा गरी पुराना अभिलेख, पत्रकार महासंघका सदस्यहरुको डिजिटल प्रोफाइलसहित महासंघका सम्पूर्ण गतिविधि र जानकारीहरु प्रकाशन गर्ने योजना बनाइएको छ ।

वार्षिक रुपमा कम्तीमा दुईपटक विभिन्न संघसंस्था तथा स्थानीय सरकारसँगको सहकार्यमा पत्रकारहरुका लागि क्षमता अभिवृद्धिको लागि विधागत तालिमहरु सञ्चालन गरिने कार्ययोजनामा उल्लेख छ । पत्रकार महासंघ काभ्रेपलाञ्चोकको कार्यालयमा ऐतिहासिक दस्तावेज, पत्रिका एवं पुस्तकहरुसहितको लाइब्रेरी स्थापना गरिने समेत योजना तय गरिएको छ । पत्रकार महासंघले ६५ वर्ष पुगेका जेष्ठ पत्रकारका लागि वृत्ती प्रदान गर्न कोष स्थापना गर्ने भएको छ ।

यस्तो छ पत्रकार महासंघ काभ्रेपलाञ्चोकको ३ वर्षे कार्ययोजनाः

१. नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोकको भवन निर्माणलाई ३ महिनाभित्र पूर्णता दिइनेछ ।

२. नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोकको निर्माणाधिन वेबसाइट ३ महिनाभित्र नै पुरा गरी पुराना अभिलेख, पत्रकार महासंघका सदस्यहरुको डिजिटल प्रोफाइलसहित महासंघका सम्पूर्ण गतिविधि र जानकारीहरु प्रकाशन

गरिनेछ । ३. जिल्लास्थित सञ्चार माध्यमको संस्थागत विकास, व्यवसायिक उन्नयनको लागि महासंघबाट समन्वयकारी भूमिका निर्वाह गरिनेछ। लोककल्याणकारी विज्ञापन लगायतका विषयमा समन्वय गरिनेछ ।

४. वार्षिक रुपमा कम्तीमा दुईपटक विभिन्न संघसंस्था तथा स्थानीय सरकारसँगको सहकार्यमा पत्रकारहरुका लागि क्षमता अभिवृद्धिको लागि विधागत तालिमहरु सञ्चालन गरिनेछ ।

५. पत्रकार महासंघ काभ्रेपलाञ्चोकको कार्यालयमा ऐतिहासिक दस्तावेज, पत्रिका एवं पुस्तकहरुसहितको लाइब्रेरी स्थापना गरिनेछ ।

६. नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोक शाखाको स्थापनादेखि हालसम्म भएका सम्पूर्ण बैठकका निर्णयहरुको अभिलेखीकरण गरिनेछ।

७. नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोकले विगतमा प्रदान गर्दै आएका पुरस्कार एवं सम्मान कार्यक्रमलाई निरन्तरता दिइनेछ ।

८. जिल्लाका सबै स्थानीय सरकारहरुसँगको सहकार्यमा जनप्रतिनिधि, कर्मचारी र सरोकारवालाहरुसंग स्थानीय तहका सवालहरुमा अन्तरक्रिया, अभिमुखिकरण, तालिम लगायतका कार्यक्रम सञ्चालन गरिनेछ।

९. पत्रकारिता क्षेत्रमा महिला तथा दलित, जनजाती लगायतका समुदायको उपस्थितिलाई बढाउन सरोकारवालाहरुसंगको सहकार्यमा कार्यक्रमहरु तय गरिनेछन् ।

१०. सञ्चारिका समूह, क्रियाशिल पत्रकार महिला लगायतका पत्रकार क्रियाशिल पत्रकार महिलासँग सम्बन्धित संघसंस्थासँगको सहकार्य र समन्वयमा तालिम, अन्तरक्रिया लगायतका विशेष कार्यक्रम सञ्चालन गरिनेछ ।

११. पत्रकारसँग सम्बन्धीत विभिन्न संगठनसँगको सहकार्य र समन्वयलाई विशेष जोड दिदै समय समयमा छलफल अन्तरक्रिया लगायतका कार्यक्रम सञ्चालन गरिनेछन् ।

१२. नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोकको रु. ५ लाखको कल्याणकारी कोषलाई तीन वर्षभित्र १५ लाख रुपैयाँको बनाउन जोड दिनेइछ ।

१३. ६५ वर्ष पुगेका जेष्ठ पत्रकारका लागि वृत्ती प्रदान गर्न कोष स्थापना गरिनेछ ।

१४. जिल्लामा सञ्चालित सञ्चारमाध्यममा जनशक्ति व्यवस्थापन, रोजगारी सिर्जना, खोज, अनुसन्धान लगायतका कार्य गर्न आमसञ्चार तथा पत्रकारिता पढाई हुने शैक्षिक संस्थाहरुसंग सहकार्य अघि बढाइनेछ ।

१५. खोज, अनुसन्धान र लेखन क्षमता अभिवृद्धिको लागि लेखनवृक्ति, प्रोत्साहन रकम प्रदान गरिनेछ ।

१६. विभिन्न संघसंस्थासंगको सहकार्यमा पत्रकारको दुर्घटना विमा, स्वास्थ्य विमा लागू गरिनेछ ।

  • न्युज काभ्रे

थप