Breaking News
काभ्रेको बनेपा-३ स्थित बासुकी स्थानमा निर्मित शिव मूर्तिको प्राण प्रतिष्ठा गरिएको छ ।    ||     अमित लामाको चुनावी एजेन्डा :पाँच वर्षमा जनहितका कानुन निर्माणदेखि युवाको मुद्दाको उठानसम्म    ||     फागुन २१ मा हुने निर्वाचनका लागि काभ्रे क्षेत्र नं २ बाट गोकुल बास्कोटाको एकल नाम सिफारिस    ||     पत्रकार महासंघ काभ्रेपलान्चोकले आफ्नो ३३औं स्थापना दिवस मनाइयो    ||     चाइनिजहरुले निर्माण गरेको हिमालयन रिम फिल्म काठमाडौं विश्वविद्यालयमा प्रदर्शनी    ||     अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्कीलाई बनाउने सहमति    ||     प्रेस चौतारी काभ्रेको अक्षयकोषमा एमाले केन्द्रिय सदस्य रेशम लामाले गरे रु.एक लाख एक हजार आर्थिक सहयोग    ||     स्वास्थ्य सेवामा सहुलियतका लागि पत्रकार महासंघ काभ्रे र CWC बनेपाबीच समझदारी    ||     आज खिर खाएर साउन १५ मनाइँदै    ||     नक्कली सरकारी कागजात र छाप बनाउने गिरोह धुलिखेलबाट पक्राउ    ||    

धुलिखेलमा सभापति देउवाले अनावरण गरे वी.पी.को शालिक

  २ वर्ष अघि | ५ असोज २०८१, शनिबार
न्युज काभ्रे

काभ्रे । जिल्लाको धुलिखेल नगरपालिका-६, जरणडाँडास्थित धुलिखेल अस्पताल चोकमा निर्माण गरिएको महामानव वी.पी. कोइरालाको प्रतिमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अनावरण गरेका छन् ।


‘महामानव वी.पी. कोइराला प्रतिमा निर्माण समिति’ र नेपाली कांग्रेस धुलिखेल नगर समितिको अग्रसरतामा निर्माण गरिएको प्रतिमा पूर्व प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति देउवाले अनावरण गरेका हुन् ।

ढलौटबाट बनेको पूर्ण कदको प्रतिमाको लागत १५ लाख रुपैयाँ रहेको महामानव वी.पी. कोइराला प्रतिमा निर्माण मूल समितिका संयोजक समेत रहेका नेपाली कांग्रेस जिल्ला कार्यसमिति सदस्य एवं धुलिखेल नगर पूर्व सभापति जितकृष्ण श्रेष्ठले जानकारी दिए ।

२०७१ सालमा नेपाली कांग्रेसका तत्कालिन महामन्त्री कृष्णप्रसाद सिटौलाले शिलान्यास गरेका थिए । १२ औं र १३ औं महाधिवेशनमा नगर सभापति निर्वाचित भएका श्रेष्ठको संयोजकत्वमा काम बढेपनि आर्थिक श्रोत जुट्न नसक्दा पुरा भएको थिएन । १४ औं महाधिवेशनबाट निर्वाचित नगर सभापति विदुर बहादुर बस्नेत नेतृत्वले पनि श्रेष्ठकै संयोकत्वमा समिति गठन गरेपछि कामले गति लिएको हो । जिल्ला सभापति तीर्थ लामा नेतृत्वको कार्यसमितिले श्रोत सुनिश्चित गरेर पदलकदमी लिएपछि निर्माण लगायतका कार्य अघि बढेका थिए ।

अनावरण कार्यक्रममा नेपाली कांग्रेसका नेता एवं वी.पी. पुत्र शसांक कोइराला, केन्द्रीय सदस्यहरु मोहन बहादुर बस्नेत, शिवप्रसाद हुमागाई, उमेश श्रेष्ठ, मधु आचार्य, गणेश लामा, जिल्ला सभापति तीर्थ लामा लगायतका नेता कार्यकर्ताको सहभागिता थियो ।

  • न्युज काभ्रे

थप