Breaking News
काभ्रेको बनेपा-३ स्थित बासुकी स्थानमा निर्मित शिव मूर्तिको प्राण प्रतिष्ठा गरिएको छ ।    ||     अमित लामाको चुनावी एजेन्डा :पाँच वर्षमा जनहितका कानुन निर्माणदेखि युवाको मुद्दाको उठानसम्म    ||     फागुन २१ मा हुने निर्वाचनका लागि काभ्रे क्षेत्र नं २ बाट गोकुल बास्कोटाको एकल नाम सिफारिस    ||     पत्रकार महासंघ काभ्रेपलान्चोकले आफ्नो ३३औं स्थापना दिवस मनाइयो    ||     चाइनिजहरुले निर्माण गरेको हिमालयन रिम फिल्म काठमाडौं विश्वविद्यालयमा प्रदर्शनी    ||     अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्कीलाई बनाउने सहमति    ||     प्रेस चौतारी काभ्रेको अक्षयकोषमा एमाले केन्द्रिय सदस्य रेशम लामाले गरे रु.एक लाख एक हजार आर्थिक सहयोग    ||     स्वास्थ्य सेवामा सहुलियतका लागि पत्रकार महासंघ काभ्रे र CWC बनेपाबीच समझदारी    ||     आज खिर खाएर साउन १५ मनाइँदै    ||     नक्कली सरकारी कागजात र छाप बनाउने गिरोह धुलिखेलबाट पक्राउ    ||    

राष्ट्रिय वाणिज्य बैंकको ५१ औं एक्सटेन्सन काउन्टर सिडियो कार्यलय काभ्रेमा

  ४ वर्ष अघि | ३० असार २०७९, बिहिबार
न्युज काभ्रे संवाददाता

धुलिखेल– राष्ट्रिय बाणिज्य बैँकले जिल्ला प्रशासन कार्यालय काभ्रेको परिसरमा बैँकको ५१ औँ एक्सटेन्सन काउण्टर स्थापना गरेको छ । बिहिबार काभ्रेका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे र बैँककी उप–कार्यकारी अधिकृत सरस्वती अधिकारीले संयुक्त रुपमा काउण्टरको औपचारिक उद्घाटन गर्नु भएको हो । काउण्टर उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी पाण्डेले कार्यालय परिसरमा काउण्टर स्थापना भएसँगै सेवाग्राहीलाई बैङ्किङ कामको लागि सहज हुनुको साथै सेवाग्राहीलाई एकद्धार प्रणालीमार्फत सेवा प्रवाहमा सहज हुने बताउनुभयो । 

कार्यक्रमा सहायक प्रमुख जिल्ला अधिकारी अमरदिप सुनुवारले कार्यालयका विभिन्न कामका लागि राजस्व बुझाउनुपर्ने सेवाग्राहीलाई काउण्टर स्थापना भएसँगै सहज हुने बताउनुभयो । उहाँले कार्यालय परिसरमा नै काउण्टर स्थापना भएसँगै बैँकका घण्टौँ लाइन बस्नुपर्ने सेवाग्राहीको बाध्यता कम हुने बताउनुभयो । कार्यक्रममा बैँककी उप–कार्यकारी अधिकृत अधिकारीले प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई छिटोछरितो रुपमा बैँकिङ सेवा उपलब्ध गराउने उद्देश्यले काउण्टर स्थापना गरिएको बताउनुभयो । कार्यक्रममा बैँकका ब्रान्च अप्रेशन विभाग प्रमुख दुर्गाकुमारी कँडेलले बैँक सँधै जनताको सेवामा प्रतिवद्ध रहेको बताउँदै गुणस्तरी सेवा प्रवाह गर्न बैँकले काम गरिरहेको बताउनुभयो । उहाँले काउण्टर स्थापनासँथै कार्यालयबाट गुणस्तरीय सेवा प्रवाह हुने विश्वास व्यक्त गर्नुभयो । 

कार्यक्रममा नेपाल पत्रकार महासंघ काभ्रेका उपाध्यक्ष बिनोद न्यौपानेले बैँकको काउण्टर स्थापना भएसँगै प्रशासन कार्यालयका सेवा लिन आउँदा सेवाग्राहीले बैँकमा खेप्नुपरेको सास्ती कम हुने बताउनुभयो । बैशाखबाट अनौपचारिक रुपमा बैँकले काउण्टर सेवा दिँदै आएपनि औपचारिक रुपमा भने बिहिबारदेखि सेवा सुरु गरिएको हो । बाणिज्य बैँकले देशका ७७ जिल्लामा २५८ शाखा र ५१ एक्सटेन्सन काउण्टरमार्फत बैँकिङ सेवा उपलब्ध गराउँदै आएको छ । बैँकले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका तथा विभिन्न संघसंस्थासँग मिलेर बैँकिङ क्षेत्रमा विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । 


  • न्युज काभ्रे संवाददाता

थप