Breaking News
काभ्रेको बनेपा-३ स्थित बासुकी स्थानमा निर्मित शिव मूर्तिको प्राण प्रतिष्ठा गरिएको छ ।    ||     अमित लामाको चुनावी एजेन्डा :पाँच वर्षमा जनहितका कानुन निर्माणदेखि युवाको मुद्दाको उठानसम्म    ||     फागुन २१ मा हुने निर्वाचनका लागि काभ्रे क्षेत्र नं २ बाट गोकुल बास्कोटाको एकल नाम सिफारिस    ||     पत्रकार महासंघ काभ्रेपलान्चोकले आफ्नो ३३औं स्थापना दिवस मनाइयो    ||     चाइनिजहरुले निर्माण गरेको हिमालयन रिम फिल्म काठमाडौं विश्वविद्यालयमा प्रदर्शनी    ||     अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्कीलाई बनाउने सहमति    ||     प्रेस चौतारी काभ्रेको अक्षयकोषमा एमाले केन्द्रिय सदस्य रेशम लामाले गरे रु.एक लाख एक हजार आर्थिक सहयोग    ||     स्वास्थ्य सेवामा सहुलियतका लागि पत्रकार महासंघ काभ्रे र CWC बनेपाबीच समझदारी    ||     आज खिर खाएर साउन १५ मनाइँदै    ||     नक्कली सरकारी कागजात र छाप बनाउने गिरोह धुलिखेलबाट पक्राउ    ||    

बनेपा नगरपालिका उप्रमुख विमला सापकोटा दाहाललाई 'शी लिड्स आइकन' को उत्कृष्ट ३ का लागि भोटको अपिल

  २ वर्ष अघि | ३ असोज २०८१, बिहिबार
मणिराम दाहाल

काभ्रे । शी लिड्स आइकनमा काभ्रेका दुई जनप्रतिनिधि छनौट भएका छन् । बनेपा नगरपालिका उप–प्रमुख विमला सापकोटा र बेथानचोक गाउँपालिका उपाध्यक्ष तारा राना तिमल्सिना शी लिड्स आइकन प्रतियोगितामा उत्कृष्ट २७ मा पर्न सफल भएका हुन् । देशभरका १२८ जना महिला जनप्रतिनिधिहरु मध्ये काभ्रेबाट २ जना मात्रै अटाएका छन् ।

सर्टलिस्ट गर्दा महिला स्वाथ्य, महिला उद्यमशिलता, नीति र न्याय, जवाफदेहिता लगायतका कुरामा ध्यान दिइएको बताइएको छ । उत्कृष्ट २७ मा परेसँगै दुवै जनाले उत्कृष्ट ३ मा पुग्न मतको लागि अपिल गरेका छन् ।

उप–प्रमुख विमला सापकोटाको भोटिंग आईडी १६ रहेको छ । उनले जनप्रतिनिधि भएपछि न्यायिक सहयोग कोष स्थापना गरेको बताएकी छन् । जसले आर्थिक रुपमा कमजोर, एकल महिला, ज्येष्ठ नागरिक, दलित, सिमान्तकृत बालबालिकाको न्यायमा पहुँच पुगेको उनको भनाई छ । यस्तै गृहणी महिलालाई उद्यमी बनाउन सिपमुलक तालिम दिई उद्यमशीलता प्रवद्र्धन, महिला उद्यमीहरुका लागि हाटबजार र बजारमेला सञ्चालन, उच्च शिक्षामा दलित छात्रा छात्रवृत्तिका कार्यक्रम, वडामा आमा समुह गठन गरी सुरक्षित मातृत्व र प्रजनन् स्वास्थ्य सम्बन्धी सचेतना लगायतका कार्यक्रम सञ्चालन गरिएको बताइन् । 


  • मणिराम दाहाल

थप