काभ्रे । बनेपा नगरपालिका वडा नं ७ मा कार्यलय रहेको बनेपा सोसियल युथ काउन्सिलको तेस्रो बार्षिक उत्सव सम्पन्न भएको छ।
आज बनेपा नगरपालिका गोशाइथानमा स्वास्थ शिविर राखेर स्वास्थ परिक्षण समेत गरिएको संस्थाका अध्यक्ष प्रगेश श्रेष्ठले बताउनुभयो ।
कार्यक्रममा उद्योग बाणिज्य संघ काभ्रेका बरिस्ठ उपाध्यक्ष रविन्द्र वैदारको पनि उपस्थिति थियो । संस्थाले स्थापनाको समयमा संस्थालाई सहयोग गर्ने घनश्याम चौप्रधान ,स्वार्गिय गोपाल चौप्रधान को नाममा गरिएको सम्मान छोरा बालगोपाल चौप्रधान, ज्वाहर लाल मानन्धर ,निश्चचल मानन्धर लगायतका व्यक्तिहरुलाई खादा लगाएर सम्मान गरिएको थियोे ।
सोसियल युथ मा आवद्ध व्यक्तिहरु विभिन्न संघ संस्थामा आवद्ध भएकोमा पनि शुभकामना र बधाई ज्ञापन पनि गरिएको संस्थाका अध्यक्ष प्रगेश श्रेष्ठले बताउनुभयो । सोसियल युथले बनेपा आसपासका क्षेत्रमा वृक्षारोपण ,सरसफाइ ,स्वास्थ शिविर लगायतका कार्यहरू गर्दै आएको छ।
- न्युज काभ्रे