काभ्रे । यु एम बचत तथा ऋण सहकारी संस्थाको दशौ सेवा केन्द्र बनेपा तरकारी बजारमा आज देखि सञ्चालनमा आएको छ।
यु एम बचत तथा ऋण सहकारी संस्थाको सेवा केन्द्रको उद्घाटन काभ्रे जिल्ला बचत तथा ऋण सहकारी संस्था ली. का अध्यक्ष जितेन्द्र नकर्मिले रिवन काटेर गर्नुभएको हो।
कार्यक्रममा यु एम बचतका कार्यकारी प्रबन्धक रुसन ऋणले सभापतिको आसन ग्रहण गर्नुभएको थियो ।
सेवा केन्द्र विस्तार कार्यक्रममा प्रमुख अतिथि काभ्रे जिल्ला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष जितेन्द्र नकर्मि, महिला शक्ति लगानि बचत का पुर्व अध्यक्ष तथा युएम बचतका सल्लाहकार ईश्वरी बादे श्रेष्ठ ,उद्योग बाणिज्य संघ बागमती प्रदेश सदस्य कैलाश पलान्चोके ,कन्ट्रि बैकका पुर्व अध्यक्ष तथा प्रोग्रेसिभ फाइनान्स का सञ्चालन समुन्द्र काजि श्रेष्ठ ,सिदार्थ इन्स्योरेन्स बनेपा साखाका व्यवथापक राधाकृष्ण श्रेष्ठ लगायतका व्यक्तिको उपस्थिती थियो ।
कार्यक्रममा पानसमा दिप प्रजज्वलन गरि संस्थाको सुरु गरिएको थियो ।
कार्यक्रममा अध्यक्ष जितेन्द्र नकर्मिले सहकारी यात्रा भनेको समृद्धिको यात्रा हो बुझेर अगाडि बढ्न सके धेरै राम्रो हुने बताउनुभयो ।
कार्यक्रम समापन गर्दै यु एम बचतका प्रवन्ध निर्देशक रुसन श्रेष्ठले भन्नुभयो। हामी दशौ सेवाकेन्द्र सुरु गरिरहदा भविष्यमा कृषि र पशुपंछिमा किसानहरुलाई व्यवसायीक बनाउन लाग्ने र किसान हरुको हितमा कार्य गर्ने बताउनुभयो ।
- न्युज काभ्रे संवाददाता