Breaking News
काभ्रेको बनेपा-३ स्थित बासुकी स्थानमा निर्मित शिव मूर्तिको प्राण प्रतिष्ठा गरिएको छ ।    ||     अमित लामाको चुनावी एजेन्डा :पाँच वर्षमा जनहितका कानुन निर्माणदेखि युवाको मुद्दाको उठानसम्म    ||     फागुन २१ मा हुने निर्वाचनका लागि काभ्रे क्षेत्र नं २ बाट गोकुल बास्कोटाको एकल नाम सिफारिस    ||     पत्रकार महासंघ काभ्रेपलान्चोकले आफ्नो ३३औं स्थापना दिवस मनाइयो    ||     चाइनिजहरुले निर्माण गरेको हिमालयन रिम फिल्म काठमाडौं विश्वविद्यालयमा प्रदर्शनी    ||     अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्कीलाई बनाउने सहमति    ||     प्रेस चौतारी काभ्रेको अक्षयकोषमा एमाले केन्द्रिय सदस्य रेशम लामाले गरे रु.एक लाख एक हजार आर्थिक सहयोग    ||     स्वास्थ्य सेवामा सहुलियतका लागि पत्रकार महासंघ काभ्रे र CWC बनेपाबीच समझदारी    ||     आज खिर खाएर साउन १५ मनाइँदै    ||     नक्कली सरकारी कागजात र छाप बनाउने गिरोह धुलिखेलबाट पक्राउ    ||    

सपुतलाई समर्थन गर्दै युथ फोर्सले भन्यो - ‘धम्कि नरोकिए हामी प्रतिकार गर्छौ ’

  ५ वर्ष अघि | २९ फाल्गुन २०७८, आइतवार
मणिराम दाहाल

गायक प्रकाश सपुतको नयाँ गीत ‘पीर’को विवाद चुलिँदो छ । दशवर्षे सशस्त्र द्वन्दका परिणामको केही हिस्सा समेटेपछि गीत विवादमा मुछिएको हो । गीतमा सपुतलाई स्वरमा साथ सम्झना भण्डारीले दिएकी छन् । प्रकाशकै गायन, लेखन, संगीत, परिकल्पना र निर्देशन रहेको गीत लिएर अहिले सामाजिक सञ्जालमा बिभिन्न ठिक र बेठिकका अनेक बहस भइरहेको छ ।

यस्तैमा गीत विवादमा युथ फोर्स नेपाल भने गायक सपुतको पक्षमा उभिएको छ । युथ फोर्स नेपालले एक विज्ञप्ति जारी गर्दै सपुतमाथि भइरहेका धम्कीपूर्ण भाषा रोक्न अनुरोध गर्दै धम्कि नरोकिए प्रतिकार गर्न आफु तयार रहेको बताएको हो । ‘स्वतन्त्रता, सामाजिक न्याय, उत्पीडित वर्ग, समुदायको हक–हितको रक्षासहितको प्रावधान संविधानमा राखिएको छ ।

तर पनि भर्खरै चर्चामा आएको प्रकाश सपुतको ‘पीर’ नामक सांगीतिक भिडियोलाई लिएर माओवादी (केन्द्र) आवद्ध वाइसियल लगायत जनसंगठनका नेता कार्यकर्ताले भिडियो बन्द गर्न धम्कीपूर्ण भाषासहितको अभिव्यक्ति दिएको देखियो’ विज्ञप्तिमा अगाडि भनिएको छ ‘यसबाट ‘चोरको खुट्टा काट भन्दा चोरले खुट्टा तानेको’ प्रष्ट भएको छ । कलाकारले कलाकारिताको माध्यमबाट यथार्थ चित्रण हुनेगरी मनोरञ्जन दिने अभिप्रायले सिर्जना गरेको हुन्छ । कलाकारले देखाएको प्रतिभालाई रोक्ने अधिकार कसैलाई हुँदैन ।’

देशमा कानुनी राज्य भएको र कानुन उलंघन हुनेगरी प्रसारण भए कानुनी सहायता लिई गीतमा रोक लगाउन सकिने बताएको युथ फोर्स नेपालले धम्कीपूर्ण कार्य रोक्न समेत सुझाव दिएको छ । ‘कानुन सम्बत भएको रचना कसैले धम्की दिई रोक्न खोजिन्छ र राजनीतिक नाममा अराजनीतिक गतिविधि गर्न खोजिन्छ भने यसको प्रतिकार गर्ने मुलुकमा युथ फोर्स नेपाल रहेको छ’ युथ फोर्स नेपालका प्रमुख पुष्पराज श्रेष्ठद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

  • मणिराम दाहाल

थप