Breaking News
काभ्रेको बनेपा-३ स्थित बासुकी स्थानमा निर्मित शिव मूर्तिको प्राण प्रतिष्ठा गरिएको छ ।    ||     अमित लामाको चुनावी एजेन्डा :पाँच वर्षमा जनहितका कानुन निर्माणदेखि युवाको मुद्दाको उठानसम्म    ||     फागुन २१ मा हुने निर्वाचनका लागि काभ्रे क्षेत्र नं २ बाट गोकुल बास्कोटाको एकल नाम सिफारिस    ||     पत्रकार महासंघ काभ्रेपलान्चोकले आफ्नो ३३औं स्थापना दिवस मनाइयो    ||     चाइनिजहरुले निर्माण गरेको हिमालयन रिम फिल्म काठमाडौं विश्वविद्यालयमा प्रदर्शनी    ||     अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्कीलाई बनाउने सहमति    ||     प्रेस चौतारी काभ्रेको अक्षयकोषमा एमाले केन्द्रिय सदस्य रेशम लामाले गरे रु.एक लाख एक हजार आर्थिक सहयोग    ||     स्वास्थ्य सेवामा सहुलियतका लागि पत्रकार महासंघ काभ्रे र CWC बनेपाबीच समझदारी    ||     आज खिर खाएर साउन १५ मनाइँदै    ||     नक्कली सरकारी कागजात र छाप बनाउने गिरोह धुलिखेलबाट पक्राउ    ||    

राति गुडनाइट भन्न ढोकासम्म गएँ, तर जबरज’स्ती गरिनँ

  ५ वर्ष अघि | २९ फाल्गुन २०७८, आइतवार
न्युज काभ्रे संवाददाता

काठमाडौं।कलाकार पल शाहले आफू बिरु’द्ध ब ला’त्कार आरो’प लगाउने नाबालिग महिलामाथि ज’बर ज’स्ती नगरेको वयान दिएका छन्। नवलपरासीको कावासोतिस्थित सरकारी वकिलसामू शाहले वयानका क्रममा ज’वर ज’स्ती नगरेको तर राति गुडनाइट भन्न गएको भनेर वयान दिएको प्रहरी श्रोतले जनाएको छ ।स्रोतका अनुसार पलले सरकारी वकिल सामु बयानका क्रममा भने, ‘‘सुटिङका क्रममा हामी भेटिएका हौँ । राति सुत्ने बेला म गुड नाइट भन्न ती गायिकाको ढोका सम्म पुगेँ । तर जबर ज’स्ती गरिन।’ ‘ती गायिका र मेरो कोठा चाही नजिकै थियो । 


१०१ नम्बर कोठामा म थिएँ । र, गायिका १०२ नम्बर बसेकी थिइन् । होटाल सुटिङ युनिटले बुक गरेका हुन् । को को कहाँ रहे भन्नेबारे सबै थाहा भएन,’ उनको भनाइ उदृत गदै प्रहरी स्रोतले जनायो ।घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । एक नाबालिग महिलाले आफूलाई पटक पटक ब ला’त्कार गरेको भन्दै पल बिरु’द्ध उजुरी दिएकी थिइन् । ती नाबालिगले एक गीतको छायांकनको क्रममा गत चैत ७ गते गैँडाकोटको होटलमा आफूलाई ब ला’त्कार गरेको भन्दै इलाका प्रहरी कार्यालय गैडाकोटमा उजुरी दिएकी थिइन् ।


सोही उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय तनहुँको हिरा’सतबाट पल शाहलालाई गैडाकोटमा ल्याइएको थियो। गैडाकोटमा संकलित प्रमाण र वयानसमेत तनहुँमा पठाउने तयारी भइरहेको प्रहरीको भनाइ छ। अनुसन्धानका लागि जिल्ला अदालत तनहुँले पहिलो पटक सात दिनको म्याद थपेको थियो । त्यसपछि दोस्रो पटक १२ दिनको म्याद थपेको छ ।

  • न्युज काभ्रे संवाददाता

थप