Breaking News
काभ्रेको बनेपा-३ स्थित बासुकी स्थानमा निर्मित शिव मूर्तिको प्राण प्रतिष्ठा गरिएको छ ।    ||     अमित लामाको चुनावी एजेन्डा :पाँच वर्षमा जनहितका कानुन निर्माणदेखि युवाको मुद्दाको उठानसम्म    ||     फागुन २१ मा हुने निर्वाचनका लागि काभ्रे क्षेत्र नं २ बाट गोकुल बास्कोटाको एकल नाम सिफारिस    ||     पत्रकार महासंघ काभ्रेपलान्चोकले आफ्नो ३३औं स्थापना दिवस मनाइयो    ||     चाइनिजहरुले निर्माण गरेको हिमालयन रिम फिल्म काठमाडौं विश्वविद्यालयमा प्रदर्शनी    ||     अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्कीलाई बनाउने सहमति    ||     प्रेस चौतारी काभ्रेको अक्षयकोषमा एमाले केन्द्रिय सदस्य रेशम लामाले गरे रु.एक लाख एक हजार आर्थिक सहयोग    ||     स्वास्थ्य सेवामा सहुलियतका लागि पत्रकार महासंघ काभ्रे र CWC बनेपाबीच समझदारी    ||     आज खिर खाएर साउन १५ मनाइँदै    ||     नक्कली सरकारी कागजात र छाप बनाउने गिरोह धुलिखेलबाट पक्राउ    ||    

बनेपा नगरपालिकाले आफ्नो ४१ औं स्थापना दिवस मनायो

  ५ वर्ष अघि | १४ चैत्र २०७८, सोमवार
न्युज काभ्रे संवाददाता

काभ्रेपलान्चोक – बनेपा नगरपालिकाको ४१ औं स्थापना दिवस आज चैत्र १४ गते भव्यताका साथ सम्पन्न भएको छ । पूर्व सञ्चार तथा सूचना प्रविधी मन्त्री गोकुल प्रसाद बाँसकोटाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । समारोहको अध्यक्षता नगर प्रमुख लक्ष्मी नरसिंह वादे श्रेष्ठबाट भएको थियो । सो अवसरमा राष्ट्रसेवक कर्मचारी, विभिन्न विद्यालय, संघसंस्था तथा सांस्कृतिक समूहको सहभागितामा नगर परिक्रमा गरिएको थियो । सो अवसरमा बनेपाको पदक तथा सम्मान (स्थापना तथा वितरण) कार्यविधी २०७७ बमोजिम स्थापित बनेपा सेवा पदक, दीर्घ सेवा पदक तथा बनेपा तारा पदकद्वारा विभिन्न व्यक्तित्वहरुलाई सम्मानित गरिएको थियो ।

उक्त कार्यक्रममा बनेपाको ऐतिहासिक तीनधारा क्षेत्रको सार्वजनिक स्थानमा रहेको पसल हटाई उदाहरणी कार्य गर्ने पूर्णकाजी ठिमी श्रेष्ठलाई कदर पत्रद्वारा सम्मानित गरिएको थियो । बनेपा नगर क्षेत्र भित्र रहेका विद्यालयमा १५ वर्ष भन्दा बढी स्थायी सेवा अवधी भएका शिक्षकहरु, बनेपा नपा कार्यालयमा १५ वर्ष भन्दा बढी समय देखि कार्यरत स्थायी कर्मचारीहरुलाई बनेपा सेवा पदक बाट सम्मानित गरिएको थियो भने २०७४ वैशाख १ पछि निवृत्त भएका नगर क्षेत्र भित्र कार्यरत शिक्षकहरुमा दोसल्ला ओढाई कदर पत्र प्रदान गरिएको थियो ।

साथै २५ वर्ष स्थायी सेवा अवधी पुगेका कर्मचारीमा बनेपा दीर्घसेवा पदक प्रदान भएको थियो । उक्त अवसरमा स्थापना दिवस समारोहमा सरिक हुने समूह तथा विद्यालयहरुलाई प्रशंसापत्र प्रदान गरिएको थियो ।

आजको समारोहमा बनेपाका ४,५,१०,११ र १४ वडालाई बालमैत्री वडाका रुपमा सम्मानित गरिनुका साथै प्रमुख अतिथिबाट बनेपालाई बालमैत्री उन्मुख नगर घोषणा समेत भएको थियो । प्रमुख अतिथिबाट पानसमा दीप प्रज्ज्वलन गरि उद्घाटन भएको समारोहमा उप प्रमुख रेखा सापकोटा दाहालबाट स्वागत मन्तव्य राखिएको थियो भने पूर्व नगर प्रमुख डा. सुरेन्द्रबहादुर वादे श्रेष्ठ र प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेबाट शुभकामना मन्तव्य राखिएको थियो ।

प्रमुख प्रशासकीय अधिकृत कविराज उप्रेतीले विभिन्न शाखाका प्रमुख तथा कर्मचारीहरु परिचालन गरि व्यवस्थापन गरिएको समारोहको सञ्चालन बरिष्ठ राजस्व अधिकृत ध्रुवराज नेपालले भएको थियो ।

  • न्युज काभ्रे संवाददाता

थप