Breaking News
काभ्रेको बनेपा-३ स्थित बासुकी स्थानमा निर्मित शिव मूर्तिको प्राण प्रतिष्ठा गरिएको छ ।    ||     अमित लामाको चुनावी एजेन्डा :पाँच वर्षमा जनहितका कानुन निर्माणदेखि युवाको मुद्दाको उठानसम्म    ||     फागुन २१ मा हुने निर्वाचनका लागि काभ्रे क्षेत्र नं २ बाट गोकुल बास्कोटाको एकल नाम सिफारिस    ||     पत्रकार महासंघ काभ्रेपलान्चोकले आफ्नो ३३औं स्थापना दिवस मनाइयो    ||     चाइनिजहरुले निर्माण गरेको हिमालयन रिम फिल्म काठमाडौं विश्वविद्यालयमा प्रदर्शनी    ||     अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्कीलाई बनाउने सहमति    ||     प्रेस चौतारी काभ्रेको अक्षयकोषमा एमाले केन्द्रिय सदस्य रेशम लामाले गरे रु.एक लाख एक हजार आर्थिक सहयोग    ||     स्वास्थ्य सेवामा सहुलियतका लागि पत्रकार महासंघ काभ्रे र CWC बनेपाबीच समझदारी    ||     आज खिर खाएर साउन १५ मनाइँदै    ||     नक्कली सरकारी कागजात र छाप बनाउने गिरोह धुलिखेलबाट पक्राउ    ||    

रैथाने खानाको प्रतियोगिता काठमाडौंमा

  ५ वर्ष अघि | ४ बैशाख २०७९, आइतवार
न्युज काभ्रे संवाददाता

काभ्रे ।अन्तर्राष्ट्रियस्तरमा नेपाली खाना पहिचान गराउने उदेश्यले युवा सेफ प्रतियोगिता हुने भएको छ । सेफ्स एशोसिएशन अफ नेपाल, ग्लोबल नेपालीज सेफ फेडेरेशन र इन्टरनेशनल नेप्लिज सेफ्स सोसाइटीसँगको सहकार्यमा आइतबार युवा सेफ्स प्रतियोगिता ईथिनिक टेष्ट अफ नेपाल आयोजना गर्न लागेकोे हो ।

प्रतियोगितामा होटल व्यवस्थापनको अध्यापन हुने उपत्यकाभित्रका ११ कलेजका विद्यार्थीले भाग लिने फेडेरेशनका अध्यक्ष लक्ष्मणप्रसाद भण्डारीले जानकारी दिए।
ललितपुरको पाक कला (कुलिनरि आर्टस)तथा आतिथ्य व्यवस्थापन प्रतिष्ठानको सभा कक्षमा हुने प्रतियोगितामा गेट, शुभश्री, एनसीसीए, कलिनरी आर्ट, रिट्स, गोल्डेन गेट, क्वीस्ट, नेसफिल्ड र हिमालयन ह्वाइट हाउस कलेजका साथै पद्यमकन्या क्याम्पस र सरस्वती क्याम्पसका विद्यार्थीको सहभागिता रहने उनको भनाई थियो।
भान्से लक्ष्मण प्रसाद भण्डारीको “अालि देखि थाली सम्म”
नेपाली खानाकाे संरक्षण र सम्वर्धन गर्न सातै प्रदेशको नेपाली रैथाने खानाकाे उजगार गर्न पनि याे प्रतियोगिता गरिएको आयाेजक संस्थाले जानकारी दिएकाे छ ।
प्रतियोगिताको अन्तर्राष्ट्रिय निरीक्षकमा विविसी मास्टर सेफ सन्तोष शाह, सेफ एलेक्स वेब, सेफ बार्ट भान डेरली र सेफ फिली तथा राष्ट्रिय निरीक्षकमा सेफ भण्डारीसहित सूर्यकिरण श्रेष्ठ र श्याम लामा रहने जनाइएको छ ।
युवा सेफलाई प्रोत्साहन गर्दै युवालाई नेपाली खानाप्रतिको सकारात्मक विचार जगाउने उद्देश्यले आयोजना गर्न लागिएको उक्त प्रतियोगितामा होटल व्यवस्थापनमा स्नातक अध्ययन गरेका विद्यार्थीले भाग लिन पाउने भएका छन् ।
प्रतियोगितामा प्रथम हुनेलाई एक लाख रुपैयाँ, द्वितीयलाई ५० हजार रुपैयाँ र तृतीयलाई २५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने भएको छ ।

  • न्युज काभ्रे संवाददाता

थप